Oct 06 2026 | २०८३, आश्विन २० गते

नोबेलमा मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थी र सुरक्षा गार्डबीच झडप हुदा चार विद्यार्थी घाइते।

नोबेलमा मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थी र सुरक्षा गार्डबीच झडप हुदा चार विद्यार्थी घाइते।

  • 451
    SHARES

  • नोबेलमा मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थी र सुरक्षा गार्डबीच झडप हुदा चार विद्यार्थी घाइते।

    विराटनगर - नोबेल मेडिकल कलेज बिराटनगरमा आन्दोलनरत विद्यार्थी र सुरक्षा गार्ड हरु बिच झडप हुदा चार जना विद्यार्थी घाइते भएका छन् ।

    आन्दोलनमा उत्रिएका विद्यार्थी माथि नोबेल मेडिकल कलेजका सुरक्षा गार्डले आक्रमण गर्दा चार जना विद्यार्थी नेता घाइते भएका हुन्।

    कलेजमा एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी संगठनहरूले नोबल अगाडि सिठी जुलुस प्रर्दशन गर्दा झडप भएको बताइएको छ।

    घाइते हुनेहरूमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ताजिम अन्सारी, टेकेन क्षेत्री, दिपेन्द्र्र मेहता, अखिल (क्रान्तिकारी) मोरङका जिल्ला सहसचिव उमेश सेन्चुरी रहेका छन् ।

    विद्यार्थीबाट अतिरिक्त शुल्क असुल्न खोजेपछि विभिन्न पाँच विद्यार्थी संगठनले दुई हप्ता अगाडिदेखि नोबलेको प्रशासन फाँटमा अनिश्चितकालिन तालाबन्दी समेत गरेको थियो । तलाबन्दी गरेपनि कामकाज निर्वाध रूपमा संचालन हुने गरेको पाएपछि काम रोक्नुपर्ने भन्दै विद्यार्थी नेता नोबेल प्रशासनभित्र प्रवेश गर्दा सुरक्षा गार्डले आक्रमण गरेको बताइएको छ।

    घाइते विद्यार्थीको हात र आँखामा चोटपटक लागेको छ भने सुरक्षामा खटिएका तीन जना प्रहरी पनि घाइते रहेको मोरङ प्रहरीले जनाएको छ ।

    नोबेलले नयाँ विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विषयमा यहाँका विद्यार्थी र विभिन्न पाँच वटा विद्यार्थी संगठनहरुले महिनादेखि यतादेखि निरन्तर रुपमा आन्दोलन गर्दै आएका छन् ।

    कलेज प्रशासनले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा विपरीत पठनपाठन सुरु नै नगरी चार लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले प्रदेश १ का मुख्यमन्त्री, मन्त्रीदेखि जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएर मंसिर १९ गतेदेखि न्यायका लागि संघर्ष गर्दै आएका छन् ।

     

    images
    सोमवार, माघ १० २०७८०५:१५:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार