Oct 06 2026 | २०८३, आश्विन २० गते

मधेशमा शिक्षा सुधारको बहस : उच्च शिक्षा र राष्ट्रिय पाठ्यक्रम प्रारुपबारे संवाद जारी

मधेशमा शिक्षा सुधारको बहस : उच्च शिक्षा र राष्ट्रिय पाठ्यक्रम प्रारुपबारे संवाद जारी

  • 103
    SHARES

  • मधेशमा शिक्षा सुधारको बहस : उच्च शिक्षा र राष्ट्रिय पाठ्यक्रम प्रारुपबारे संवाद जारी

    जनकपुरधाम । उच्च शिक्षा सुधार तथा राष्ट्रिय पाठ्यक्रम प्रारुपबारे मधेश प्रदेशमा जारी उच्चस्तरीय संवाद कार्यक्रमको दोस्रो दिनको कार्यक्रम सुरु भएको छ।

    युनेस्को नेपालको सहकार्यमा शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको संवादमा शिक्षा तथा खेलकुदमन्त्री सस्मिता पोखरेल, सङ्घीय सांसद, प्रदेश सरकार तथा विश्वविद्यालयका पदाधिकारी, स्थानीय सरोकारवाला, नागरिक समाजका प्रतिनिधि, सरकारी नीति निर्माता, शिक्षा क्षेत्रका विज्ञ तथा अन्य सरोकारवालाको सहभागिता रहेको छ।

    FB_IMG_1791265529823.jpg

    कार्यक्रममा मधेश प्रदेशको उच्च शिक्षा सुधारका लागि आवश्यक नीति, संरचनागत सुधार तथा विश्वविद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिका विषयमा छलफल भइरहेको छ। त्यस्तै, प्रस्तावित राष्ट्रिय पाठ्यक्रम प्रारुपलाई समयसापेक्ष, व्यावहारिक, प्रविधिमैत्री तथा विद्यार्थीको आवश्यकता र मुलुकको बदलिँदो परिवेशअनुकूल बनाउने विषयमा समेत सरोकारवालाबीच संवाद भइरहेको छ।

    दोस्रो दिनको छलफलबाट प्राप्त सुझावलाई शिक्षा नीति तथा राष्ट्रिय पाठ्यक्रम प्रारुप निर्माणमा समेट्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

     

    images
    मंगलवार, आश्विन २० २०८३११:३६:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार