Aug 13 2026 | २०८३, श्रावण २८ गते

शिक्षक सेवा आयोगले खोल्यो बढुवाको विज्ञापन, माघ १२ देखि फागुन १२ सम्म आवेदन दिने सकिने।

शिक्षक सेवा आयोगले खोल्यो बढुवाको विज्ञापन, माघ १२ देखि फागुन १२ सम्म आवेदन दिने सकिने।

  • 1.7K
    SHARES

  • शिक्षक सेवा आयोगले खोल्यो बढुवाको विज्ञापन,  माघ १२ देखि फागुन १२ सम्म आवेदन दिने सकिने।

    माघ ११, काठमाडौं – शिक्षक सेवा आयोगले शिक्षक बढुवाको विज्ञापन खुला गरेको छ । माविको दरखास्त दिने समय सकिएको र निम्न माध्यामिकको अन्तिम भएकाले सरभरमा केही सहज हुने भन्दै बढुवाको विज्ञापन गरेको हो ।

    शिक्षक बढुवाको लागि भोली माघ १२ गते बुधबार देखि फागुन १२ गतेसम्म सिंगल दस्तुरमा र फागुन १९ गतेसम्म देब्बर दस्तुरमा आवेदन दिन सकिने आयोगका सूचना अधिकारी सूदर्शन मरहठ्ठाले जानकारी दिए ।

    उनले शिक्षक सेवा आयोगको नियमावली ११ औं संशोधन भएर राजपत्रमा सूचना प्रकाशित भइसकेको र माविको दरखास्त दिने समय सकिएको र निम्न माध्यामिकको अन्तिम भएकाले सरभरमा केही सहज हुने भन्दै विज्ञापन गरीएको जानकारी दिए ।

    आयोगले शिक्षक बढुवाको आवेदन फाराम पनि म्यानुअल नभई अनलाईनबाटै भर्ने व्यावस्था गरिएको जनाएको छ । जसमा आन्तरीक प्रतियोगितात्मक परीक्षा (२५ प्रतिशतको) अनलाईनबाटै भर्ने व्यावस्था गरिएको छ, भने कार्यसम्पादन मुल्याङकन(७५ प्रतिशत)को फाराम शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनु पर्ने छ ।

    यसरी बढुवाको विज्ञापन गर्दा ७५ प्रतिशत कार्यसम्पादन मुल्याङकनको आधारमा र २५ प्रतिशत आन्तिरीक प्रतियोगात्मक परीक्षा गर्ने गरी आयोगले काम अगाडी बढाएको सूचना अधिकारी सूदर्शन मरहठ्ठाले जानकारी दिए । उनका अनुसार यस सवालमा यस भन्दा अगाडी नियमावलीको १० औं संशोधन हुँदा खुला र बढुवा प्रतियोगिता समान हुनेछ भनेर उल्लेख गरिएकोमा अब ११ औं संशोधनले त्यसलाई छुट्टाछुट्टै गर्ने व्यावस्था गरेको बताए ।

    आयोगले कार्यसम्पादन मुल्याङकन(७५ प्रतिशत) तर्फ २ हजार ६ सय २२ जनाको र आन्तिरीक प्रतियोगात्मक परीक्षा (२५ प्रतिशत) तर्फ ८ सय ६९ जनाको पदमा विज्ञापन गर्ने तयारी गरेको छ ।

    त्यसैगरी शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको अनलाइन दरखास्त फाराम भर्ने सिंगल दस्तुरको अन्तिम म्याद दुईदिन थप गरी माघ ८ गते सकिसकेको र दोब्बर दस्तुरको म्याद माघ १५ गते राती ११ः५९ बजेसम्म कायम गरेको छ ।

     

    images
    मंगलवार, माघ ११ २०७८०७:५३:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार