Oct 06 2026 | २०८३, आश्विन २० गते

त्रिविका स्थगित परीक्षाहरू फागुनमा संचालन गर्ने तयारी।

त्रिविका स्थगित परीक्षाहरू फागुनमा संचालन गर्ने तयारी।

  • 962
    SHARES

  • त्रिविका स्थगित परीक्षाहरू फागुनमा संचालन गर्ने तयारी।

    माघ १७, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्थगित गरिएका परिक्षा फागुनमा गर्ने तयारी गरेको छ। यसअघि कोभिड - १९ संक्रमण तिब्र गतिमा फलिएको कारण बिश्वबिद्धालयले सम्पुर्ण परिक्षाहरु अर्को सूचना जारी नभएसम्म स्थगित गर्ने निर्णय गरेको थियो।

    परिक्षा नियन्त्रक पुष्पराज जोशिका अनुसार “स्थगित गरीएका लिन बाँकी रहेका सम्पूर्ण परीक्षाहरु फागुन महिनामा सञ्चालन गरेर सक्ने गरी २० गते भित्र तालिका सार्वजनिक गर्छौं ।” उनले भने, ‘परिक्षा संचालन गर्ने बिषयमा छलफल भइरहेको र बुधबार डिनहरू सहितको परीक्षा सुधारको बैठक राखेर स्थगित भएका परीक्षा सञ्चालनको विषयमा २० गते सूचना निकाल्छौं ।’

    आइतबार कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या बढी भएकोले सोमबार र मंगलबारको अवस्था हेरेर बुधबार निर्णय गर्ने उनले बताए ।

     

    images
    सोमवार, माघ १७ २०७८०३:०१:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार