Aug 13 2026 | २०८३, श्रावण २८ गते

शिक्षकलाई ‘बुस्टर डोज’ को व्यावस्था गर्न माग।

शिक्षकलाई ‘बुस्टर डोज’ को व्यावस्था गर्न माग।

  • 896
    SHARES

  • शिक्षकलाई ‘बुस्टर डोज’ को व्यावस्था गर्न माग।

    माघ,२२/काठमाडौं - शुक्रबार विद्यालय सञ्चालनबारे प्रधानमन्त्रीको कार्यालयमा सरोकारवालाहरुसँग गरिएको छलफलमा नेपाल शिक्षक महासंघका प्रतिनिधिहरुले शिक्षकहरुलाई कोभिड १९- विरुद्धको ‘बुस्टर डोज’को व्यावस्था गर्न सरकार संग माग गरेको छन्।

    उनिहरुले विद्यार्थी र विद्यालयमा कार्यरत शिक्षक,कर्मचारी सुरक्षित भए मात्रै पठनपाठनमा सहज हुने भन्दै शिक्षकहरुलाई ‘बुस्टर डोज’को व्यावस्था गर्न आग्रह गरेका हन्।

    छलफलका क्रममा नेपाशिक्षक महासंघका अध्यक्ष कमला तुलाघरले फागुन १ गतेदेखि विद्यालयहरु सञ्चालन गर्नुपर्ने सुझाब दिँदै शिक्षक र कर्मचारीलाई बुस्टर डोजको व्यावस्था गर्न समेत आग्रह गरेको बताइन्।

    प्रधानमन्त्री कार्यलयमा भएको छलफलमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव, संघीय मामिलाका सहसचिव, स्वास्थ्य,तथा जनसंख्या मन्त्रालयका विज्ञ,अभिभावक महासंघ,प्याब्सन,एनप्याब्सन, नेपाल शिक्षक महासंघ लगायतका सरोकारवाला र पदाधिकारी सहभागी रहेकोे थियो ।

    छलफलमा सहभागी सरोकारवाला बिज्ञहरुले ग्रामीण क्षेत्रमा टाढा टाढाबाट खोप लगाउन आउनुपर्ने भएकाले १२ बर्षदेखि १८ वर्षसम्मका केही विद्यार्थीहरु अझै छुटेको जानकारी गराउँदै छिटो भन्दा छिटो ति विद्यार्थीहरुलाई खोपको व्यावस्था गरेर फागुन १ गतेदेखि विद्यालय संचालन गर्न शुझाव दिएका छन।

    उनिहरुले विद्यालय लामो समयदेखि बन्द रहेका कारण बालबालिकामा नकारात्मक असरपर्न सक्ने बताउदै सबै बालबालिकालाई खोपको व्यावस्था गरेर विद्यालय फागुन १ गतेदेखि सञ्चालन गर्न सहभागी सबै पक्षले सुझाब दिएको जनाएको छ ।

    यसअघि कोभिड -१९ संक्रमण बढेपछि सरकारले पुस २७ गतेदेखि देशभरिका विद्यालय माघ मसान्त सम्म बन्द गर्ने निर्णय गरेको थियो ।

     

    images
    शनिवार, माघ २२ २०७८०१:४२:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार