Oct 06 2026 | २०८३, आश्विन २० गते

मध्यपानको नसामा क्याम्पस प्रमुखले कुटे लेखापाल। (विज्ञप्ति सहित)

मध्यपानको नसामा क्याम्पस प्रमुखले कुटे लेखापाल। (विज्ञप्ति सहित)

  • 975
    SHARES

  • मध्यपानको नसामा क्याम्पस प्रमुखले कुटे लेखापाल। (विज्ञप्ति सहित)

    माघ,२४/ कालिकोट - मध्यपश्चिम बिश्वबिद्धालय अन्तर्गत एक क्याम्पसका क्याम्पस प्रमुखले मध्यपान गरी लेखापाललाई कुटेको खबर आएको छ। २०७६ साल जेठ १५ मा नियुक्ति गरिएका क्याम्पस प्रमुख लक्षमण सिंहले अफिसमा काम गर्दै आइरहेका लेखापाल पदम बहादुर बिष्टलाइ आज आघ २४ गते कुटपिट गरेका हुन।

    बिज्ञप्तिमा १३ जना शिक्षक कर्मचारीले हस्ताक्षर गरेका छन। बिज्ञप्तिमा जनाए अनुसार सिंह क्याम्पस प्रमुख भैसके पछि क्याम्पसको शैक्षिक गुणस्तर घटेको, भौतिक तथा प्रशासनिक गतिविधि खस्किदै आइरहेको बताएको छ।

    त्यसैगरी क्याम्पस प्रमुख जाँड रक्सी खाएर बेलाबेला क्याम्पस भित्र र  बाहिर क्याम्पसमा कार्यरत शिक्षक कर्मचारीहरुलाई गाली, बेइज्जती गर्ने र प्रोत्साहन गर्नुको साँटो हतोत्साहित गर्ने र झै झगडा गर्दै आइरहेका आचरण हिन भएको बिज्ञप्तिमा जनाएको छ।

    क्याम्पसमा कार्यरत १३ जना शिक्षक कर्मचारीको हस्ताक्षरीत बिज्ञप्तिमा प्राज्ञिक थलोमा कार्यरत क्याम्पस प्रमुखले गरेको अप्राज्ञिक अपराधजन्य कार्यको भ्रसना गर्दै निज क्याम्पस प्रमुखलाइ कानुन बमोजिम कडा भन्दा कडा कार्बाही गर्न माग गरेको छ।

    यस्तो छ, विज्ञप्ति ।

    FB_IMG_1644245073585.jpg

    images
    सोमवार, माघ २४ २०७८०८:५८:३१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार