Oct 06 2026 | २०८३, आश्विन २० गते

शिक्षिकाले लगाइन सांसद माथि बलात्कारको आरोप

शिक्षिकाले लगाइन सांसद माथि बलात्कारको आरोप

  • 634
    SHARES

  • शिक्षिकाले लगाइन सांसद माथि बलात्कारको आरोप

    माघ,२५/ नेपालगन्ज - नेकपा एमालेका नेता तथा संसद मोहन बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी छन्।

    सोमवार जिल्ला प्रहरी कार्यालय, बाँकेमा जाहेरी दिदै शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई बलात्कार गरेको आरोप लगाएको हुन्।

    जाहेरीमा माघ १९ गते राति होटलमा बसेका बेलामा बानियाँले बलात्कार गरेको आरोप लागाइएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी  परेको पुष्टि गर्दै भने– सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी परेको छ र त्यसबारे हामी बुझ्दै छौँ ।

    मंगलबार यस बारेमा अरू प्रक्रिया अघि बढ्छ । त्यो रात दुई पटक कण्डम लगाएर बलात्कार गरको उनको दाबी छ । महिलाको स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकी छ । आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

     

    images
    मंगलवार, माघ २५ २०७८०८:४७:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार