सोमवार, फाल्गुण ३० २०७८
फागुन ३०, काठमाडौ - नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार विभागले ई.पी.एस. कोरीया शाखाले कोरियन भाषा परीक्षाको लागि आवेदन फाराम खुला गरेको छ ।
गोरखापत्रमा एक सूचना प्रकासित गर्दै नेपाल र कोरिया सरकार बीच सम्पन्न समझदारी पत्र अनुरुप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नपाली नगरीकलाई कामदारका रुपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षाको लागि आवेदन फाराम खुला गरेको हो ।
कोरिया सरकारले विभिन्न उत्पादन मुलक क्षेत्र, कृषी तथा पशुपालन क्षेत्रमा १८ बर्स पूरा भै ३९ बर्ष न नाघेका नेपाली कामदारहरु लिने गरेको छ।
बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।