सोमवार, फाल्गुण ३० २०७८
फागुन ३०, काठमाडौ - शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पद खुला प्रतियोगितात्मक परीक्षाको केन्द्रगत विवरण प्रकाशित गरेको छ। आयोगले एक सुचना प्रकाशित गर्दै परीक्षा केन्द्र प्रकाशित गरेको हो।
आयोगबाट मिति २०७८ चैत २५ बाट बिहान ११ बजे देखि प्रदेश स्तरमा संचालन हुने माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पद खुला प्रतियोगितात्मक (सामान्य) परिक्षाको लागि केन्द्रगत उमेदवार हरुको रोलनम्बर सहितको विवरण सार्वजनिक गरेको छ।





