मंगलवार, चैत्र १ २०७८
चैत्र १, काठमाडौ - त्रिभुवन बिश्वबिद्धालयमा कार्यरत शिक्षक कर्मचारीहरुको कार्यसम्पादन मुल्यांकन फारम भराउने सम्बन्धी अत्यन्तै जरुरी सूचना प्रकाशित भएको छ। बिश्वबिद्धालय रजिस्ट्रार कार्यलय कर्मचारी महासाखाले शिक्षक कर्मचारी सेवा नियम २०५० को नियम (क) मा ब्यबस्था भए अनुरुप कार्यसम्पादन मुल्यांकन गरि पठाइ दिन अनुरोध गरेको हो।
बिश्वबिद्धालयले यसपछि हुने सेवा आयोगका सबै बिज्ञापनहरुमा छुट्टै फारम नभरी यसै कार्यसम्पादन मुल्यांकन अंकको प्रयोग गरिने भएकोले सबै शिक्षक कर्मचारीहरुलाइ अनिवार्य रुओअमा फारम भर्न अनुरोध गरेको छ।
बिश्वबिद्धालयको कार्यसम्पादन मुल्यांकन फारम, शिक्षक नियुक्तिको सिफारिस सम्बन्धी बिनिमय २०७५ र कर्मचारीहरुको कार्यसम्पादन मुल्यांकनको फारम त्रिवि सेवा आयोगको वेबसाईट tuservicecommission.np.edu बाट डाउनलोड गर्न सकिने जनाएको छ।
मुल्यांकन फारम भर्न मिति २०७८ चैत्र १५ गते भित्र तोकिएको ढाँचामा दुई प्रती भरी सुपरिवेक्षेक समक्ष पेस गर्नुपर्ने जनाएको छ।

