आइतवार, चैत्र ६ २०७८
चैत ६, काठमाडौ - शिक्षक सेवा आयोगले माध्यमिक र निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्रको लिखित परीक्षाको पाठ्यक्रम परीवर्तन गरेको छ ।
आयोगद्वारा लिइने शिक्षक अध्यापन अनुमति पत्र (Teaching License) को लिखित परीक्षामा विषयगत रुपमा सञ्चालन हुँदै आएकोमा अब देखि बस्तुगत प्रश्नपत्र मात्रै सोधिने गरि पाठ्यक्रम तथा परीक्षा प्रणालि परीवर्तन गरीएको जनाएको हो ।
यश बिषयमा शिक्षक सेवा आयोगले एक सूचना जारी गर्दै मिति २०७८ चैत २ गतेको निर्णय अनुसार निम्न माध्यामिक र माध्यामिक तहको अध्यापन अनुमति पत्रको पाठ्यक्रम तथा परीक्षा प्रणालि परीवर्तन गरीएको जनाएको हो। पाठ्यक्रम सार्वजनिक गरीसकेकोले आगामी परीक्षा सोहि पाठ्क्रम अनुसार हुने समेत आयोगले स्पष्ट पारेको छ ।
