Oct 02 2026 | २०८३, आश्विन १६ गते

माविको लाइसेन्सका लागि ६७ हजार २६८ जनाले दिए आवेदन (विवरण सहित)

माविको लाइसेन्सका लागि ६७ हजार २६८ जनाले दिए आवेदन (विवरण सहित)

  • 590
    SHARES

  • माविको लाइसेन्सका लागि ६७ हजार २६८ जनाले दिए आवेदन (विवरण सहित)

    जेठ १०, काठमाडौं–शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमतिपत्र (Teaching License) को लागि खुला गरेको विज्ञापनमा ६७ हजार २६८ जनाले आवेदन दिएका छन् । आयोगको अनुसार  शिक्षक लाइसेन्सका लागि ६७ हजार २ सय ६८ जनाले परीक्षा दरखास्त फाराम भरेका हुन् ।

    यसअघि आयोगले २०७९ बैशाख २९ गतेसम्म नियमित र जेठ ५ गतेसम्म अबिलम्ब (दोब्बर) शुल्कमा परीक्षा आवेदन फाराम भर्न विज्ञापन गरेको थियो ।

    शिक्षक सेवा आयोगले जनाए अनुसार ६७ हजार २ सय ६८ जना कुल आवेदक मध्ये ६५ हजार १ सय ७० आवेदकहरुले मात्र अध्यापन अनुमति पत्रको परीक्षामा समेल हुन पाउने छन भने  बँकी २ हजार ९८ जना जसले दरखास्त भरेका तर शुल्क नतिरेका, आधा शुल्क मात्र तिरेका र फारम भर्दा विगारेका उम्मेदवारहरुले परीक्षामा सामेल हुन नपाउने जनाएको छ।

    त्यसैगरी प्रदेशगत अन्तर्गत प्रदेश १.मा १० हजार ९४ जनाले आवेदन दिएका छन् । मधेश प्रदेशमा ८ हजार ६ सय ९७ , बागमती प्रदेशमा १७ हजार ७८, गण्डकी प्रदेशमा ५ हजार ६ सय ९६, लुम्बिनी प्रदेशमा १० हजार ९ सय ६२, कर्णाली प्रदेशमा ५ हजार ८ सय १३ र सुदुरपश्चिम प्रदेशमा ६ हजार ८ सय ३६ जनाले आवेदन दिएका छन् ।

    शिक्षक लाइसेन्सको परीक्षा असार १८ गते प्रदेशगत रुपमा सञ्चालन हुँदै छ ।

    https://www.ottish.com/s/store/courses/description/OTTISH——Live-Test-Series

     

    images
    मंगलवार, जेठ १० २०७९०२:०९:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार