Oct 07 2026 | २०८३, आश्विन २१ गते

विद्यार्थीलाई बैकल्पिक चुल्हो बितरण गर्दै वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्र, निवेदन दिन आह्वान ।

विद्यार्थीलाई बैकल्पिक चुल्हो बितरण गर्दै वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्र, निवेदन दिन आह्वान ।

  • 473
    SHARES

  • विद्यार्थीलाई बैकल्पिक चुल्हो बितरण गर्दै वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्र, निवेदन दिन आह्वान ।

    जेठ, २५ काठमाडौ - वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रले विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्ने भएको छ। केन्द्रले काठमाडौंमा भाडामा बसेर स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने लोपोन्मुख, आदिवासी जनजाति र दलित विद्यार्थीका लागि निवेदन आह्वान गरिएको हो ।

    केन्द्रका अनुसार सम्बन्धित विद्यार्थीले अनलाइनबाट फाराम भरी इमेलमा प्राप्त टोकन नम्बर समावेश गरेर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचय पत्रको प्रतिलिपिका साथै लोपोन्मुख, आदिवासी जनजाति र दलित समुदाय खुल्ने परिचय पत्रको प्रतिलिपि र सिफारिस ऊर्जा प्रवर्धन केन्द्रमा पेस गर्नुपर्नेछ ।

    निवेदन असार ९ गतेसम्म दिन सकिनेछ । यसअघि २०७८ फागुन ९ गतेको सूचना अनुसार माग पेस गरेका विद्यार्थीले भने पुन: निवेदन दिन नपाउने केन्द्रले जनाएको छ ।

    फाराम भर्न तलको लिन्कमा क्लिक गर्नुस।

    https://docs.google.com/forms/d/1G04clXS79YwrwdEm6RByiQ4HSSN7853xQiE16E7U_aE/viewform?edit_requested=true&pli=1

     

    images
    बुधवार, जेठ २५ २०७९१०:५३:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार