Aug 13 2026 | २०८३, श्रावण २८ गते

मावि द्वितीय श्रेणी २५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)

मावि द्वितीय श्रेणी २५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)

  • 1.2K
    SHARES

  • मावि द्वितीय श्रेणी २५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)

    जेठ, ३० काठमाडौ । शिक्षक सेवा आयोगले  माध्यमिक तह, द्वितीय श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । आयोगले २०७८ चैत्र २१ गते लिइएको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा २०७९ जेठ २९ गते गरेको निर्णय अनुसार  प्रकाशित गरेको हो। 

    आयोगले जारी गरेको सूचना अनुसार वस्तुगत उत्तरपुस्तिकमा प्रश्नपत्रको सेट उल्लेख नगरेका वा दुई वा दुईभन्दा बढी सेटमा सङ्केत गरेका उम्मेदवारहरूको उत्तरपुस्तिका रद्द गरेको जनाएको छ।

    शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २६ को उपनियम (१) बमोजिम कुनै उम्मेदवारले झुटा विवरण पेश गरेको देखिन आएमा त्यस्ता उम्मेदवारको दरखास्त  रद्द गर्ने गरेको छ ।

    परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेदवारले मिति २०७९असार ५ गतेसम्म कार्यालय समयभित्र रु ६०० राजस्व दस्तुर तिरेको सक्कल रसिद र प्रवेशपत्रको प्रतिलिपि सहित शिक्षक सेवा आयोगमा निवेदन दिनु पर्ने सूचनामा उल्लेख गरेको छ ।

    यातो छ नतिजा ।

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=121&fn=final%20result%20mabi%20second%20shreni%20baduwa%202079.pdf

    FB_IMG_1655085182470.jpgFB_IMG_1655085184663.jpgFB_IMG_1655085186409.jpgFB_IMG_1655085188050.jpgFB_IMG_1655085190008.jpgFB_IMG_1655085191744.jpgFB_IMG_1655085193283.jpgFB_IMG_1655085195155.jpgFB_IMG_1655085197406.jpgFB_IMG_1655085199065.jpg

    images
    सोमवार, जेठ ३० २०७९०७:५४:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार