Oct 08 2026 | २०८३, आश्विन २२ गते

बिदेश जाने विद्यार्थी दुई गुणाले बढे। जान ६ महिनामा ८२ हजारले लिए एनओसी।

बिदेश जाने विद्यार्थी दुई गुणाले बढे। जान ६ महिनामा ८२ हजारले लिए एनओसी।

  • 716
    SHARES

  • बिदेश जाने विद्यार्थी दुई गुणाले बढे। जान ६ महिनामा ८२ हजारले लिए एनओसी।

    २१ असार, काठमाडौं । बिदेश अध्यायन गर्न जाने विद्यार्थीहरुको संख्यामा दोब्बरले वृद्धि भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार २०२१ भन्दा दोब्बरले बढेको हो।

    विदेशमा अध्ययन गर्न जान २०२२ जनवरी १ देखि जुलाई ४ सम्म(१७ पुस २०७८ देखि २० असार २०७९ सम्म) मात्रै ८२ हजार ४०९ जनाले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् ।

    शाखा प्रमुख हरिप्रसाद निरौला भन्छन् ‘गत वर्षमा वर्षभरिको तथ्याङ्क भन्दा करिब दुई गुणा बढी यो ६ महिनामा नै देखिएको छ ।’ शाखाका अनुसार १७ पुस २०७७ देखि १६ पुस २०७८ को एक वर्षमा ४५ हजार ८४३ एनओसी जारी भएको थियो ।

    गत चैतमा एनओसी लिनेको संख्या अत्यधिक बढेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाले अनलाइनमार्फत मात्रै भेरिफिकेसन गरिरहेको छ । अनलाइन मार्फत भेरिफिकेसन गर्न थालेपछि भने समय चाप निकै कम भएको शाखा प्रमुख निरौलाले बताए ।

    उनले भने ‘अहिले धेरै कम भएको छ । हामीले व्यवस्थित गर्नको लागि लिन आउने समय पनि फरक फरक दिइरहेकोले सबैलाई सहज भएको छ ।’ शाखाले भीड व्यवस्थित गर्नको लागि भेरिफिकेसन भएको सूचनासँगै लिन आउने समय पनि तोकेर पठाउन थालेको जनाएको छ ।

     

    images
    मंगलवार, आषाढ २१ २०७९०३:५२:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार