मंगलवार, आषाढ २१ २०७९
असार, २१ काठमाडौ । प्रतिनिधिसभाको बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ पारित गरेको छ । २०७७ मंसिरबाटै भौतिक संरचनाको काम सुरु भएको बिश्वबिद्धालय स्थापनाकोलागी बिधेयक पारित भएको हो।
मुख्यगरी विज्ञान तथा प्रविधि विषयमा विश्वस्तरको शिक्षा र अनुसन्धानका लागि नयाँ संरचनामा सो विश्वविद्यालय स्थापना हुन लागेको बताइएको छ।
शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेलका अनुसार विश्वविद्यालयको सङ्गठनात्मक प्रक्रिया परम्परागत विश्वविद्यालयभन्दा पृथक रहेको र यो विश्वविद्यालय राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा स्वीकृत भएकोले यसका लागि एक हजार दुई सय रोपनी जग्गा प्रबन्ध भइसकेको बताए।
मुलुकका लागि आवश्यक पर्ने सक्षम, उच्च प्राविधिक तथा अन्य विधाका आदर्शवान् जनशक्ति, वैज्ञानिक तथा विचारकको उत्पादन तथा नयाँ ज्ञान र प्रविधि सिर्जना गर्ने उद्देश्यले सो विश्वविद्यालय खुल्न लागेको मन्त्री पौडेलले बताए।
विश्वविद्यालय मकवानपुर जिल्लाको थाहा नगरपालिकामा पर्ने चित्लाङ भन्ने स्थानमा खोलिनेछ ।