मंगलवार, आषाढ २१ २०७९
असार, २१ काठमाडौ । नेपाल शिक्षक महासङ्घले विभिन्न शीर्षकबाट शिक्षकबाट उठाएको रकम दुरुपयोग भएको भन्ने खबरको खण्डन गरेको छ। महासंघले एक बिग्यप्ति जारी गर्दै उक्त समचारको खण्डन गरेको हो।
बिज्ञप्तिमा कोभिड राहत कोषका लागि सङ्कलन गरिएको रकम महासङ्घले दुरुपयोग नगरेको उक्त समयमा देशका सबै जिल्ला र क्षेत्रबाट रकम सङ्कलन नभएको उल्लेख गरेको छ ।
बिज्ञप्तिमा अधिकांश क्षेत्रमा पालिका स्तरमा सहयोग सङ्कलन भई उतै हस्तान्तरण गरियो भने केही स्थानबाट सङ्कलित रकम सोझै केन्द्रीय राहत कोषमा जम्मा गरिएको थियो बताइएको छ।महासङ्घका पद निवृत्त पदाधिकारीमध्ये तात्कालीन अध्यक्ष बाबुराम थापा र तात्कालीन उपमहासचिव अर्थ स्वर्गीय शेरबहादुर अधिकारीको परिवारलाई निजहरुको भुक्तानी हुन बाँकी रहेको रकममध्ये आंशिक रकम जनही रु. ३ लाख उपलब्ध गराइएको र उक्त रकम भुक्तानी कोभिड राहत कोषमा सङ्कलित रकमबाट नभई संस्थाको आन्तरिक कोषमा रहेको रकमबाट भएको समेत उल्लेख गरेको छ।
त्यसैगरी अधिवेसन र महाधिवेसन सन्दर्भमा जिल्ला जिल्लाबाट उठेको र उठ्ने कममा रहेको सदस्यता शुल्क सम्बन्धित आबद्धरसम्बद्ध संस्थाको केन्द्रीय समितिका खातामा सङ्कलन भएको जनाएको छ । उक्त रकम महासङ्घको खातामा जम्मा नभएको विज्ञप्तिमा भनिएको छ ।
बिज्ञप्तिमा सस्थाको स्थापना काल देखि नै ४ जना कार्यालयीय पदाधिकारीलाई राष्ट्रिय समितिले तोके बमोजिम पारिश्रमिक उपलब्ध गराउने गरेकोले उक्त कार्य कसैको निजी स्वार्थ, दवाब या करबलमा नभएको समेत उल्लेख गरेको छ।
महासङ्को दोस्रो राष्ट्रिय महाधिवेसन सम्पन्न गर्न दत्तचित्तले लागिरहेकोले अहिले महासङ्घको भित्रको सबै आयव्ययको लेखा परीक्षण भइरहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
अहिलेसम्मका सबै कारोबार बैंक मार्फत हुने गरेको र लेखा परीक्षणबाट सबै आयव्यव प्रष्ट भई त्यसको पूर्ण विवरण महाधिवेसनमा सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । महासङ्घले राष्ट्रिय समितिको निर्णय वमोजिम संस्थाको दैनिक कार्य सञ्चालन खर्च लगायत हरेक आर्थिक कारोबार राष्ट्रिय परिषदबाट अनुमोदन गर्ने गराउने गरेको विज्ञप्तिमा भनेको छ ।

