मंगलवार, श्रावण १० २०७९
साउन, १० काठमाडौ । चक्रवर्ती ल कलेजमा शुल्कवृद्धि बिरुद्ध विद्यार्थी विद्यार्थीहरुले आन्दोलनमा प्रहरी हस्तक्षेप भएको छ। ७ लाख १६ हजार रुपैयाँ रहेको बीएएलएलबी (BA.LLB.) को शुल्क एकैपटक १० लाख ७० हजार पुर्याएपछि विद्यार्थीहरुले गरेको आन्दोलनमा प्रहरिले हस्तक्षेप गरेको हो।
आन्दोलनकारी विद्यार्थीहरुका अनुसार शुल्क वृद्धि विरुद्ध विद्यार्थीले आन्दोलन गर्ने थाहा पाएपछी कलेज प्रशासनले प्रहरिलाइ खबर गरि विद्यार्थीहरु माथी लाठीचार्ज गर्दै दमन गर्न लगाएको बताइएको छ। प्रहरी दमनमा परि केही विद्यार्थीहरु घाइते समेत भएका छन भने ५ जना विद्यार्थीहरु पक्राउ परेको बताइएको छ। प्रहरीले लाठीचार्ज गर्दा घाइते भएका विद्यार्थी बानेश्वर स्थित सिभिल अस्पतालमा उपचार गराइरहेछन।

आन्दोलित विद्यार्थीहरूले आइतवार शुल्कवृद्धिको विरोधमा कलेजमा तालाबन्दी गरेका थिए । सोमवार कलेज व्यवस्थापन र विद्यार्थी प्रतिनिधिहरूबीच भएको वार्तामा कलेजले ५० हजार शुल्क घटाउने बताएको थियो । तर, विद्यार्थीहरूले पुरानै शुल्क कायम गरिनुपर्ने अडान राखेपछि वार्ता निष्कर्षविहीन भएको थियो ।
कलेज प्रशासनसँगको वार्ता सफल नभएपछि विद्यार्थीहरूले मंगलवार लेखा शाखामा तालाबन्दी गरेका थिए । तर, उक्त ताला कलेज प्रशासनले फुटाएपछि स्थिति तनावपूर्ण बनेको श्रोतले जनाएको छ।

