Aug 13 2026 | २०८३, श्रावण २८ गते

निमावि लाइसेन्स परीक्षा आज, दुई लाख विद्यार्थी सहभागी हुँदै।

निमावि लाइसेन्स परीक्षा आज, दुई लाख विद्यार्थी सहभागी हुँदै।

  • 843
    SHARES

  • निमावि लाइसेन्स परीक्षा आज, दुई लाख विद्यार्थी सहभागी हुँदै।

    साउन, २८ काठमाडौ । निम्नमाध्यमिक तह अध्यायन अनुमति पत्र (लाइसेन्स) को परिक्षा आज हुने भएको छ। परिक्षामा २ लाख ३ हजार १३१ जना परिक्षार्थी सहभागी हुने भएका छन।

    शिक्षक सेवा आयोगले सातै प्रदेशका २४ ओटा जिल्लाका ७ सय ९२ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गर्दैछ । परीक्षाको सम्पूर्ण तयारी सकिएको  शिक्षक सेवा आयोगले जानकारी दिएको छ।

    शिक्षक सेवा आयोगले माध्यमिक तहको लाइसेन्स अहिले धमाधम लाइसेन्स छापिरहेको र आगामी भदौको दोस्रो हप्ताबाट वितरण गर्ने  जानकारी दिएको छ ।  आयोगले असार १८ गते  सञ्चालन गरेको परीक्षाको गत  साउन ३ गते  नतिजा सार्वजनिक गरेको थियो ।

    नतिजा सार्वजनिक भएको १५ दिनभित्र नतिजा सार्वजनिक गर्नुपर्ने व्यवस्था भएपनी माध्यमिक तह अध्यापन अनुमति पत्रको विवरण सच्चाउने समय अबधि सकिएर र लाइसेन्स छपाउने काम संगसंगै भइरहेको हुनाले आन्तरिक व्यवस्थापन गरी वितरण गरिने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

     

    images
    शनिवार, श्रावण २८ २०७९०६:४८:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार