Oct 02 2026 | २०८३, आश्विन १६ गते

माइलस्टोनद्वारा एसइई विद्यार्थीको बिदाई/बधाई तथा सम्मान कार्यक्रम सम्पन्न ।

माइलस्टोनद्वारा एसइई विद्यार्थीको बिदाई/बधाई तथा सम्मान कार्यक्रम सम्पन्न ।

  • 1.8K
    SHARES

  • माइलस्टोनद्वारा एसइई विद्यार्थीको बिदाई/बधाई तथा सम्मान कार्यक्रम सम्पन्न ।

    साउन, ४ काठमाडौ । नागर्जुन नगरपालिका वडा नं. ८ रामकोट स्थित माइलस्टोन युथ इङ्लिस बोर्डिङ स्कुल (MILESTONE Youth English School) द्वारा एसइई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। स्कुलले नगरपालिका उपमेयर सुसिला अधिकारीको प्रमुख आतिथ्यमा थापा पार्टी प्यालेस फस्कुचोक नागर्जुन काठमाडौमा सम्पन्न गरेको हो।  20220820_175844 (1).jpg

    संचालक समितिको अध्यक्ष तथा क्याप्टेन बिनय गिरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधिहरु , विभिन्न बिधालयका प्र.अ. , बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक , शिक्षक र विद्यार्थीहरुको बिशेष उपस्थिति रहेको थियोे ।20220820_175005.jpg

    मन्तव्यको क्रममा कार्यक्रमको प्रमुख अतिथि नागार्जुन नगरपालिकाको उपमेयर शुसिला अधिकारीले नागार्जुन नगरपालिकामा धेरै बिद्यालयहरु भएकोले हामी सबैको चुनौतीहरु पनि धेरै नै रहेको कुरा उल्लेख गर्नुभयो । उहाले"यो प्रतिस्पर्धाको जमाना हो, उच्च प्रतिस्पर्धाको बाबजुत पनि राम्रो नम्बर ल्याएर पास गर्नु भएकोमा बधाई तथा शुभकामना" भन्दै आगामी दिनमा अथवा एसइई पछि ११/१२ मा बिकृतिहरु आएका छन, यसलाई तपाईं विद्यार्थीहरुले चिरेर जानुपर्छ, आफ्नो अभिभावकहरुको सपना साकार पार्न र देशको कर्मठ योद्धा भएर देशको सेवा गर्ने उदेश्य राख्नुस,भन्दै विद्यार्थीहरुको आगामी शैक्षिक सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। उपमेयर अधिकारीले बिद्यालय र शुल्कको कुरामा चुनौतीहरु छन् त्यसको समाधान गर्नु पर्छ। उहाँले बिदेश जाने सोच मात्रै होइन आफ्नै देशमा केहि सिकेर देशको सेवा गर्न सुझाव दिनुभएको थियोे ।20220820_163303.jpg

    त्यसैगरी कार्यक्रममा नगरपालिका अन्तर्गत ६,७ र ८ नं. वडाका वडाध्यक्षहरुले आफ्नो धारणा ब्यक्त गर्नुभयो। उहाँहरुले नगरपालिका भित्र संस्थागत बिद्यालयमा भएका समस्याहरुको बारे खुल्ला छलफल गर्न नगरपालिका तयार रहेको कुर बताउनु भयो। त्यसैगरी पालिका भित्र रहेका सामुदायिक तथा संस्थागत बिद्यालयहरुमा विभेद नगरिने बताउनु भयो।20220820_153312.jpg

    त्यस्तै कार्यक्रममा अभिभावक गोकर्णराज भारतिले धारणा राख्नुभयो। उहाँले स्कुलले विद्यार्थीहरुलाइ राम्रो शिक्षा दिएर इसिए नागर्जुनको दोश्रो नम्बर बनाएकोमा धन्यवाद व्यक्त गर्नुभयो। त्यस्तै अवका भाइ बहिनीहरुले अझै राम्रो नम्बर ल्याएर यो स्कुललाइ काठमाडौ कै टप 1 पार्यो भने सबै अभिभावक खुसी हुने भन्दै सर म्यामहरुले समेत त्यो अनुसार मिहेनत गर्नु अनुरोध गर्नुभयो। उहाँले विद्यार्थीहरुले + 2 पास गरेर बिदेश जाने सोच मात्रै नबनाइ, आफ्नै देशमा केही गर्नको लागि सक्षम बन्न सुझाव दिनुभयो।20220820_162505.jpg

    त्यसैगरी मन्तव्यको क्रममा स्कुलका शिक्षक जानुका लामाले बिध्यालयले गरेको मेहेनतका कारण विद्यार्थीगरुले राम्रो नतिजा ल्याउन सफल भएको बताउनु भयो। उहाँले एउटा विद्यार्थी सफल हुन त्यसमा विद्यार्थी, अभिभावक र शिक्षक तृकोराणत्मक भुमिका हुन्छ भने त्यसमा हाम्रो समाजले पनि भुमिका खेल्ने गरेको बताउनु भयो।20220820_165741.jpg

    बिदाइ तथा सम्मान कार्यक्रममा उपस्थित भएका जनप्रतिनिधिहरुलाइ समेत स्कुलले सम्मान गरेको थियो। त्यसैगरी स्कुलका शिक्षक हरुलाइ समेत सम्मान गरिएको थियो। कार्यक्रममा विद्यार्थी भाइबहिनीहरुले गित तथा नृत्यद्वारा आफ्नो प्रतिभा देखाउदै मनोरञ्जन प्रदान गरेका थिए।

    20220820_153754.jpg20220820_151013.jpg20220820_151922.jpg20220820_160507.jpg20220820_160658.jpg20220820_160752.jpg20220820_160309.jpg20220820_160617.jpgIMG-34fc56d5b9d0e35b18abfa47ad120ade-V.jpg

    images
    शनिवार, भाद्र ४ २०७९११:१३:२३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार