आइतवार, भाद्र ५ २०७९
भदौ, ५ काठमाडौ। शिक्षक सेवा आयोगद्वारा नयाँ बार्षिक कार्यतालिका सार्वजनिक गरिएको छ । आयोगले विभिन्न तहमा रिक्त भएको शिक्षक दरबन्दी पूरा गर्ने गरि नयाँ वार्षिक कार्यतालिका २०७९/०८० सार्वजनिक गरेको हो।
आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुरुप आगामी असोज देखि मंसिर सम्ममा माध्यामिक, निम्न माध्यामिक र प्राथमिक तृतीय श्रेणीमा खुलाको विज्ञापन गरिसक्ने बताइएको छ। त्यसैगरी प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तहको द्धितीय र प्रथम श्रेणीमा बढुवा आगामी असोज मसान्तसम्म हुने जनाइएको छ।
