Aug 13 2026 | २०८३, श्रावण २८ गते

निमावि तहको लाइसेन्स नतिजा सार्वजनिक । (नतिजा सहित)

निमावि तहको लाइसेन्स नतिजा सार्वजनिक । (नतिजा सहित)

  • 2.2K
    SHARES

  • निमावि तहको लाइसेन्स नतिजा सार्वजनिक । (नतिजा सहित)

    भदौ, २९ काठमाडौ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यायन अनुमति पत्र (लाइसेन्स)को नतिजा सार्वजनिक गरेको छ । आयोगको नियमावली २०५७ को नियम ६क को उपनियम (१) बमोजिम मिति २०७९ साउन २८ गते संचालन भएको निमावि लाइसेन्स परिक्षाकी नतिजा सार्वजनिक भएको हो।

    आयोगका अनुसार १ लाख ८१ हजार ५६९ जनाले परीक्षा दिएकोमा ३३ हजार १५८ जना मात्रै पास भएका छन्। यस अनुसार कुल परिक्षार्थिको जम्म १८ प्रतिशत परिक्षार्थीहरु मात्रै उत्तीर्ण भएका छन।

    प्रदेश १ मा ६ हजार ४१९ जना पास भएका छन् । ३१ हजार ६८८ जनाले परीक्षा दिएका थिए । जसमा २०.२६ प्रतिशत मात्रै पास भएका छन् ।

    त्यस्तै मधेश प्रदेशमा २५ हजार ८१ जनाले परीक्षा दिएकोमा २ हजार ६५७ जना पास भएका छन् । जसमा १०.५९ प्रतिशत मात्रै पास भएका हुन् ।

    बागमती प्रदेशमा २६ हजार २८२ जनाले परीक्षा दिएकोमा ६ हजार ५१९ जना पाएका छन् । यहाँ २४.८० प्रतिशत पास भएका हुन् । गण्डकी प्रदेशमा १७ हजार ७६ जनाले परीक्षा दिएकोमा ३ हजार ७५१ जना पास भएका छन् । यो २१.९७ प्रतिशत हुन आउँछ ।

    लुम्बिनी प्रदेशमा ३५ हजार १७३ जनाले परीक्षा दिएकोमा ७ हजार ३०५ जना उत्तीर्ण भएका छन् । यो २०.७७ प्रतिशत हो । कर्णाली प्रदेशमा २४ हजार ६१३ जनाले परीक्षा दिएकोमा ३ हजार २४४ जना मात्रै पास भएका छन् । यो १३.१८ प्रतिशत हुन आउँछ ।

    सुदूरपश्चिम प्रदेशमा २१ हजार ६५६ जनाले परीक्षा दिएकोमा ३ हजार २६३ जना पास भएका छन् । यो १५.०७ प्रतिशत हुन आउँछ ।

    FB_IMG_1663156546553.jpg

    नतिजा हेर्न तको लिङ्क क्लिक गर्नुस।

    https://drive.google.com/file/d/1_2UvopIDU_YCLr1az9rD2skotCGtNYfG/view?usp=drivesdk

    images
    बुधवार, भाद्र २९ २०७९०५:५३:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार