मंगलवार, आश्विन ४ २०७९
असोज, ४ काठमाडौं - शिक्षक सेवा आयोगले कार्यसम्पादन मुल्यांकनको आधारमा शिक्षकहरुको बढुवा गरेको छ। आयोगको बढुवा सिफारिस समितिको सचिवालय लुम्बिनी प्रदेशले कार्यसम्पादन मुल्याङ्कनको आधारमा शिक्षकहरुको बढुवा नामावली प्रकाशित गरेको हो।
आयोगले विभिन्न मितिको निर्णय अनुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरु मध्ये बढी अंक प्राप्त गर्ने जिल्ला, अंक, श्रेणी र बिज्ञापन अनुसार उम्मेदवारको नामावली प्रकाशित गरिएको जनाइएको छ। साथै प्रदेश समितिले गरेको बढुवा उपर चित्त नबुझेमा यो सूचना प्रकाशित भएको ३५ दिन दिनभित्र तोकिएको शुल्क बुझाई निर्देशनालयमा उजुरी दिन सकिने जनाएको छ ।



