Oct 02 2026 | २०८३, आश्विन १६ गते

शिक्षक सेवा आयोगले शिक्षक छनोटका लागि विज्ञापन गर्ने ।

शिक्षक सेवा आयोगले शिक्षक छनोटका लागि विज्ञापन गर्ने ।

  • 755
    SHARES

  • शिक्षक सेवा आयोगले शिक्षक छनोटका लागि विज्ञापन गर्ने ।

    कार्तिक, ४ काठमाडौ । शिक्षक सेवा आयोगले शिक्षक छनोटकालागि बिज्ञापन गर्ने भएको छ। आयोगले तिन वटै तहका लागि शिक्षक पदको बिज्ञापन गर्मे भएको हो।

    विद्यालयको तहगत संरचना आधारभूत तह र माध्यमिक तह भए पनि शिक्षक सेवा आयोगले पुरानै संरचना अनुसार तीनवटै तहका लागि विज्ञापन गर्ने तयारी थालेको बताइएको छ। शिक्षक सेवा आयोगको बार्षिक कार्यतालिका अनुसार तीनै तहका लागि विज्ञापन गर्ने तयारी थालेको हो ।

    स्रोतका अनुसार शिक्षा तथा मानवस्रोत विकास केन्द्रले पठाएको रिक्त दरबन्दी र गत वर्षको विज्ञापनमा पुराहुन नसकेका दरबन्दी अनुसार विज्ञापन गर्ने तयारी थालेको जनाएको छ । यस अनुसार आयोगले बार्षिक कार्यतालिका अनुसार मंसिरमा प्राथमिक तह, पुसमा माध्यमिक तह र माघमा निम्नमाध्यमिक तहको विज्ञापन गर्ने भएको छ ।

    आयोगका अनुसार चालु शैक्षिक सत्रको चैत्र मसान्तसम्म रिक्त हुने दरबन्दी विवरण केन्द्रले पठाउनसाथ विज्ञापन गर्ने तयारी थालेको छ ।

     

    images
    शुक्रवार, कार्तिक ४ २०७९०८:२१:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार