मंगलवार, कार्तिक १५ २०७९
कार्तिक, १५ काठमाडौ। शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका सफल उमेदवारहरुको सुची स्थाइ नियुक्तिका लागि पठाइएको छ।
आयोगले लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरुको अन्तर्वार्ता सकिए संगै एक हजार १८४ जना स्थायी नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई उम्मेदवारहरुको नामावली पठाइएको हो।
शिक्षक सेवा आयोगबाट विभिन्न समयमा प्रकाशित माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको अन्तर्वार्ताको नतिजामा सफल भएका उम्मेदवारहरुको नामवली विवरण सहित योग्यता सूची स्थायी नियुक्तिको लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आज पठाएको छ । साथै छनोट हुनुभएका माध्यमिक तहका शिक्षकले नियुक्तिपत्रका लागि अब शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सम्पर्क गर्न सकिने बताइएको छ।