आइतवार, मंसिर ११ २०७९
मंसिर, ११ काठमाडौ । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको गणित बिज्ञान बिषयको नतिजा पुनः प्रकाशित गरेको छ। हिजो प्रकाशित भएको नतिजामा त्रुटि भेटिएपछी आयोगले Website बाट हटाइ सच्याएर पुन: वेबसाइटमा अपलोड गरेको हो ।
आयोगले मिति २०७८ चैत १७ र २०७९ असार ११ गते लिइएको खुला प्रतियोगितात्मक लिखित (सामान्य र बिषयगत) परिक्षाको परिक्षामा सम्मिलित भएका उमेदवारहरुको रोल नम्बरका आधारमा अन्तर्वार्ताको लागि छनोट गरेको जनाएको छ।





