मंगलवार, मंसिर २० २०७९
मंसिर, २० काठमाडौ । शिक्षक सेवा आयोगले निमावि तहको शिक्षक पदपूर्तिका लागि सिफारिस गरे पश्चात मात्र प्राविको नतिजा प्रशाकित हुने जनाएको छ । आयोगले निमाविको अन्तर्वाताको सिफारिस गरिसकेपछि प्रावि तहको नतिजा प्रकाशित हुने जनाएको हो ।
आयोगले निमाविको अन्तर्वार्ताको सिफारिस गरिसकेपछि प्राथमिक तहको नतिजा प्रकाशन गरेको अवस्थामा उम्मेदवारहरु नदोहोरिने र प्राविमा अन्य योग्य उम्मेदवारहरु आउने भएकोले निमाविको अन्तर्वाताको सिफारिस गरिसकेपछि प्रावि तहको नतिजा प्रकाशित गर्ने तयारी गरेको जनाएको ।
साथै अन्तर्वार्ताका लागि लिखित परीक्षाबाट सफल हुने उम्मेदवारहरुका लागि आयोगले जसरी माविको सिफारिस पश्चात निमाविको नतिजा प्रकाशन गरेको थिायो त्यसैगरी प्रावि तहको नतिजा प्रकाशन गर्न उत्तम हुने बताएको छ ।