Aug 13 2026 | २०८३, श्रावण २८ गते

माध्यमिक तह तृतीय श्रेणीको बिज्ञापन खुला । (सूचना सहित)

माध्यमिक तह तृतीय श्रेणीको बिज्ञापन खुला । (सूचना सहित)

  • 1.1K
    SHARES

  • माध्यमिक तह तृतीय श्रेणीको बिज्ञापन खुला । (सूचना सहित)

    पौष, २५ काठमाडौ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदको बिज्ञापन खोलेको छ। आयोगले एक सूचना जारी गर्दै मिति २०७९ पौष २४ गतेको निर्णय अनुसार सामुदायिक बिद्यालयको माध्यमिक तह तृतीय श्रेणीको बिज्ञापन खोलेको हो।

    यसअघि आयोगले गत वर्षको रिक्त ३७० दरबन्दी र चैत्र मसान्त सम्मको अन्तिम  रिक्त हुने ३१६ दरबन्दी गरी   ६८६ दरबन्दी पदपूर्तिका लागि विज्ञापन गर्ने तयारी गरेको थियो ।

    आयोगले जारी गरेको सुचना अनुसार खुला तथा समावेशी प्रतियोगितात्मक परिक्षाबाट स्थाई पदपूर्ति गर्नुपर्ने  भएकोले इच्छुक तथा न्युनतम योग्यता पुगेका उमेदवारहरुले मिति २०७९ पौष २५ देखि अनलाइनबाट दर्खास्त पेस गर्न सक्ने छन।

    आवेदकहरुले आयोगको वेबसाईट http://online.tsc.gov.np मार्फत सम्पुर्ण विवरणहरु भरी दर्खास्त दिनुपर्ने छ। बिज्ञापनको बिस्तृत विवरणको लागि www.tsc.gov.np मा गएर हेर्न सकिने छ।

    हेर्नुस सूचना ।

    FB_IMG_1673223185874.jpg

    images
    सोमवार, पौष २५ २०७९०६:१७:५३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार