Aug 13 2026 | २०८३, श्रावण २८ गते

माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको आवेदन खुला । (बिज्ञापन सहित)

माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको आवेदन खुला । (बिज्ञापन सहित)

  • 1.5K
    SHARES

  • माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको आवेदन खुला । (बिज्ञापन सहित)

    पौष, २५ काठमाडौ । शिक्षक सेवा आयोगले माध्यामिक तह तृतीय श्रेणीको शिक्षक पदको आवेदन खुलेको छ। आयोगले एक सूचना जारी गर्दै मिति २०७९ पौष २४ गतेको निर्णय अनुसार सामुदायिक बिद्यालयको माध्यामिक तह तृतीय श्रेणीको बिज्ञापनको आवेदन खोलेको हो।

    शिक्षक सेवा आयोगले विभिन्न बिषय, नेपाली - १११, अंग्रेजी - ८४ , गणित - २०८, बिज्ञान- १९१, समाजिक - ५४, अर्थशास्त्र - ८, कार्यलय संचालन लेखा १५ , शिक्षा - १, शुक्लयर्जुवेद -१, सँस्कृतभाषा - ७ स्वास्थ्य शिक्षा, १, संस्कृत ब्याकरण ३, कम्प्युटर बिज्ञान, १ र संस्कृत साहित्य १ गरि जम्मा ६८६ जना स्थाई नियुक्तिको लागि बिज्ञापन गरेको छ।

    उक्त बिज्ञापनको लागि लिखित परिक्षा (सामान्य) २०७९ चैत्र १८ गते तोकिएको छ भने परीक्षा केन्द्र प्रदेश १ को मोरङ, मधेस प्रदेशको धनुसा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालिमा तोकिने छ।

    आयोगले जारी गरेको सुचना अनुसार खुला तथा समावेशी प्रतियोगितात्मक परिक्षाबाट स्थाई पदपूर्ति गर्नुपर्ने भएकोले इच्छुक तथा न्युनतम योग्यता पुगेका उमेदवारहरुले मिति २०७९ पौष २५ देखि अनलाइन बाट दर्खास्त पेस गर्न सक्ने छन।

    आवेदकहरुले आयोगको वेबसाईट http://online.tsc.gov.np मार्फत सम्पुर्ण विवरणहरु भरी दर्खास्त दिनुपर्ने छ। 

    माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन २०७९ https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=259&fn=mabi%20bigyapan%202079%20all%20subjects.pdf ।

    FB_IMG_1673241653085.jpgFB_IMG_1673241654835.jpgFB_IMG_1673241656618.jpgFB_IMG_1673241658325.jpgFB_IMG_1673241659942.jpgFB_IMG_1673241661521.jpg

    images
    सोमवार, पौष २५ २०७९११:२८:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार