आइतवार, माघ २२ २०७९
माघ, २१ गते काठमाडौ । शिक्षक सेवा आयोग बढुवा सिफारिस समिती सचिवालयले कार्यसम्पादन मुल्यांकनको आधारमा शिक्षक बढुवा को नतिजा प्रकाशित गरेको छ। शिक्षा बिकास निर्देशनालय कर्णाली प्रदेशले बढुवाका लागि निवेदन दिएका उमेदवार मध्य सबै भन्दा बढी अंक प्राप्त गर्ने जिल्ला, तह, श्रेणी र बिज्ञापन अनुसार उमेदवारहरुको शिक्षक सेवा आयोगको संसोधित नियमावली २०५७ अनुसार बढुवा नावामली प्रकाशित गरेको हो।
आयोगले प्राथमिक तह प्रथम श्रेणी र द्वितीय, श्रेणीका शिक्षकको आयोगले बढुवा गरेको छ । शिक्षक सेवा आयोगको नियमावली २०५८ (संसोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अंक प्राप्त गर्ने, जिल्ला, तह, श्रेणी र बिज्ञापन अनुसार शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ३४ को प्रयोजनका लागि प्रकाशित गरिएको सुचनामा उल्लेख गरेको छ।
बढुवा उपर चित्त नबुझे नतिजा प्रकाशित भएको मितिको ३५ दिन भित्र शिक्षक सेवा आयोगको कार्यलय शिक्षा तथा सामाजिक बिकास निर्देशनालयमा उजुरी दिनसकिने जनाएको छ।



