Aug 13 2026 | २०८३, श्रावण २८ गते

यस्तो छ, निमावि तृतीय श्रेणी स्थायी शिक्षक पदको विज्ञापन ।

यस्तो छ, निमावि तृतीय श्रेणी स्थायी शिक्षक पदको विज्ञापन ।

  • 849
    SHARES

  • यस्तो छ, निमावि  तृतीय श्रेणी स्थायी शिक्षक पदको विज्ञापन ।

    माघ, २७ काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ । आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि विज्ञापन गरेको हो।

    शिक्षक सेवा आयोगले निमावि तृतीय श्रेणी शिक्षक पदको लागि एक हजार ५६ रिक्त पदमा विज्ञापन खुलाएको छ । आयोगले विषयगत लिखित परीक्षा (सामन्य) आगामी वैशाख ९ गते सञ्चालन गर्ने भएको छ भने विषयगत परीक्षा सामान्यको नतिजा सार्वजनिक गरेपछिमात्र गर्ने सूचनामाउल्लेख गरेको छ ।

    नेपाली विषयको लागि ६५ रिक्त पदमा, अंग्रेजी विषयको लागि ११६ रिक्त पदमा, गणित विषयको लागि १४४ रिक्त पदमा, विज्ञान विषयको लागि २८२ रिक्त पदमा देशभरबाट आवेदन माग गरेको छ ।

    त्यस्तैगरी सामाजिक विषयमा ८९ जना शिक्षक, गणित/विज्ञानमा ३५१ जना शिक्षक, शुक्लयजुर्वेद विषयका लागि एक जना, संस्कृत व्याकरणको लागि तीन जना, संस्कृत भाषाका लागि ४ जना र संस्कृत कर्मकाण्ड विषयका लागि १ जना रिक्त दरबन्दीमा शिक्षक माग गरेको छ ।

    आयोगले जारी गरेको सुचना अनुसार न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारबाट २०७९ माघ २७ गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सकिने छ।

    उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np/ मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।

    शिक्षक सेवा आयोगले जारिगरेको विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट httpsM://tsc.gov.np डाउनलोड / सूचना/विज्ञापन tab बाट प्राप्त गर्न र हेर्न सकिने छ।

    यस्तो छ बिज्ञापन ।

    FB_IMG_1676041634427.jpgFB_IMG_1676041637389.jpgFB_IMG_1676041639058.jpgFB_IMG_1676041640802.jpgFB_IMG_1676041642404.jpgFB_IMG_1676041643854.jpgFB_IMG_1676041645315.jpg

    images
    शुक्रवार, माघ २७ २०७९०८:५६:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार