Oct 02 2026 | २०८३, आश्विन १६ गते

प्रतापपुर राष्ट्रपति रनिङ शिल्ड छनौटमा बेलाटारी बन्यो प्रथम, दोस्रोमा सोमनी ।

प्रतापपुर राष्ट्रपति रनिङ शिल्ड छनौटमा बेलाटारी बन्यो प्रथम, दोस्रोमा सोमनी ।

  • 657
    SHARES

  • प्रतापपुर राष्ट्रपति रनिङ शिल्ड छनौटमा बेलाटारी बन्यो प्रथम, दोस्रोमा सोमनी ।

    रबिन्द्र यादव / नवलपरासी पश्चिम ,७ फागुन । प्रतापपुर गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ प्रतापपुर गाउँपालिका वडा नं. ९ स्थित बेलाटारीमा स्थित त्रिभुवन नमुना माध्यमिक बिद्यालयमा बिहीबारबाट संचालित प्रथम प्रतापपुर गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार बृहत् समापन समारोह कार्यक्रम गरि सम्पन्न भएको हो ।

    सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै त्रिभुवन नमुना मावि बेलाटारीले प्रथमको उपाधि हात पार्न सफल भएको हो । गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो उपाधि महेन्द्र मावि सोमनीले हात पारेको छ भने तेस्रो उपाधि गणेश मावि बसहियाले हात पार्न सफल भएको हो । उत्कृष्ट खेलाडीहरुलाई मेडल,प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियोे ।

    प्रतियोगितामा गाउँपालिकाका ६ वटा सामुदायिक, ५ वटा संस्थागत र एक वटा धार्मिक गरि १२ वटा माध्यमिक विद्यालयहरु सहभागी थिए ।received_933841214644093.jpeg

    समापन समारोह कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक भगवती प्रसाद (रुदल) यादवले विजयी खेलाडी विद्यार्थीलाई बधाई तथा थप सफलताको शुभकामना दिनु हुदै स्थानीयस्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जिल्लाको सात वटै पालिकामा सञ्चालन गरिने उनले बताए ।

    उक्त खेलकुद प्रतियोगितामा भलिबल, कबड्डी एथ्लेटीक्स तर्फ, हाइजम्प, लङजम्प, ट्रिपलजम्प,सटपुट, र ट्रयाक तर्फ एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, पन्ध्र सय मिटर र तीन हाजर मिटर लगाएतका खेलहरु सञ्चालन भएको प्रतापपुर गाउँपालिकाले जनाएको छ ।

    प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द यादवको अध्यक्षतामा समापन भएको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक भगवती प्रसाद यादव ( रुदल) को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु,जनप्रतिनिधिहरु,बिभिन्न राजनितीका दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि ,सुरक्षाकर्मी ,संचारकर्मी लगाएयको सहभागिता रहेको थियो ।

    खेललाई सफल बनाउन सहयोग गर्नुहुने गाउँपालिका परिवार, शिक्षा, युवा तथा खेलकुद शाखा, खेल संचालक समिती, जिल्ला खेलकुद विकास समिति, खेलप्रशिक्षकज्यूहरू, सहभागी विद्यालयहरु,खेलाडी विद्यार्थी, आमन्त्रित तथा उपस्थित अतिथिगण, पत्रकार,त्रिभुवन नमुना मावि परिवार सबैलाई प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द यादवले धन्यवाद दिए ।

    खेलाडीहरुले राष्ट्रको छवि उच्च बनाउन महत्त्वपूर्ण योगदान र भुमिका निर्वाह गर्न सक्ने भनेर नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निर्देशिका २०७० बमोजिम देशभित्रका सम्पुर्ण स्थानीय तह, प्रदेश र संघियस्तर उक्त खेलकुद प्रतियोगिता ल्याएको हो । स्थानिय तहले चैत मसान्तसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसक्नुपर्ने हो ।

     

    images
    आइतवार, फाल्गुण ७ २०७९०७:५८:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार