बिहिवार, चैत्र २ २०७९
चैत, २ काठमाडौ । शिक्षक सेवा आयोगको बढुवा सिफारिस समितिको सचिवालयले शिक्षक बढुवा नतिजा पुनरावलोकन गरेको छ।
आयोगले गण्डकी प्रदेश पोखराको सिफारिसमा मिति २०७९ पुस २३ गते गोरखापत्रमा प्रकाशित ७५% कार्यसम्पादन मुल्यांकनमा आधारमा बढुवा सिफारिस नामावली उपर चित्त नबुझी पर्न आएका उजुरीका आधारमा नतिजा पुनरावलोकन गरेको हो।
शिक्षक सेवा आयोगले गण्डकी प्रदेशको विभिन्न जिल्लाको प्रावि, निमावि र मावि प्रथम र द्वितीय तहको नतिजा पुनरावलोकन गरेको छ।
