Oct 02 2026 | २०८३, आश्विन १६ गते

नन ग्रेड (NG) पाएका बिषय मात्रै परिक्षा दिनु : राष्ट्रिय परिक्षा बोर्ड

नन ग्रेड (NG) पाएका बिषय मात्रै परिक्षा दिनु : राष्ट्रिय परिक्षा बोर्ड

  • 561
    SHARES

  • नन ग्रेड (NG) पाएका बिषय मात्रै परिक्षा दिनु : राष्ट्रिय परिक्षा बोर्ड

    काठमाडौँ, वैशाख २४ गते । कक्षा १२ को परीक्षामा ‘नन ग्रेडेड’ (NG) प्राप्त गरेका विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाइने व्यवस्था गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ०७८ को लेटर ग्रेडिङ निर्देशिका संशोधन गर्दैै यो व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।

    यस नियम लागू भएसँगै दुईभन्दा बढी विषयमा अनुत्तीर्ण वा ननग्रेड आएमा समेत विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका छन।

    परिक्षा नियन्त्रक कृष्ण प्रसाद सर्माले भने, "जुन विषयमा 'NG' आएको हो, त्यही विषयको मात्रै परीक्षा दिनुपर्ने छ पास भएका विषयहरुको परीक्षा दिनु पर्दैँन । सबै विषयहरुको परीक्षा फारम भरको भए पनि केही फरक पर्दैन, कुनै समस्या हुँदैन । पास भएका विषयहरूको परीक्षा दिनु परेन, जुन विषयमा 'NG' आएको छ, त्यस विषयमा मात्र परीक्षा दिँदा हुन्छ ।"

    त्यसैगरी विद्यार्थीमा ड्रपआउटको समस्या देखिएको भन्दै निर्देशिकामा कक्षा १२ मा परीक्षा दिन पाउने तथा उत्तीर्ण हुनैपर्ने अवधि पनि घटाइएको छ । यसअघि पाँच वर्षभित्रमा पनि १२ पास गरे हुन्थ्यो भने अब सो अवधिलाई घटाएर तीन वर्षमा झारिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माका अनुसार ‘नयाँ गे्रडिङ प्रणाली लागू भएपछि हामीले कक्षा १२ को परीक्षा नियम पनि संशोधन गरेका हौँ,’ उनले भने, ‘नयाँ लेटर गे्रडिङ नियम आएपछि पाँच वर्ष अवधिलाई तीन वर्ष बनाएका छौँ, अब एनजी आएका सबै विषयमा विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउँछन्, यसो हुँदा विद्यार्थीलाई सहज हुन्छ ।’

     

    images
    आइतवार, बैशाख २४ २०८००८:४२:०१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार