Aug 13 2026 | २०८३, श्रावण २८ गते

विश्वविद्यालय अनुदान आयोग, वर्ल्ड बैंक र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त टोलीद्वारा म.प. विश्वविद्यालयको भ्रमण।

विश्वविद्यालय अनुदान आयोग, वर्ल्ड बैंक र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त टोलीद्वारा म.प. विश्वविद्यालयको भ्रमण।

  • 645
    SHARES

  • विश्वविद्यालय अनुदान आयोग, वर्ल्ड बैंक र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त टोलीद्वारा म.प. विश्वविद्यालयको भ्रमण।

    "विश्वविद्यालय अनुदान आयोग (UGC), वर्ल्ड बैंक र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त टोलीद्वारा मध्यपश्चिम विश्वविद्यालयको भ्रमण कार्यक्रम गरेका छन।FB_IMG_1683690183053.jpg

    मिति २०८० बैशाख २५ गते विश्वविद्यालय अनुदान आयोग (UGC), वर्ल्ड बैंक र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त टोलीले मध्यपश्चिम विश्वविद्यालयको भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देव राज अधिकारीज्यूलाई मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहज्यूले स्वागत गर्नु भएको थियो । त्यसै गरी Nurturing Excellence in Higher Education Program (NEHEP) परियोजनाका वर्ल्ड बैंक टिम लिडर मोहन अर्यालज्यू र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उप-सचिव जय प्रसाद आचार्यज्यू सम्मिलित टिमलाई उपकुलपतिज्यूले स्वागत गर्नु भएको थियो । संयुक्त भ्रमण टोली सदस्यको रुपमा वर्ल्ड बैंकका तर्फबाट डा. नम्रता तोग्नाटाज्यू, ट्रेसी घलेज्यू, द्रोण पुनज्यू र विश्वविद्यालय अनुदान आयोगका तर्फबाट उपनिर्देशक कपिल रिजालज्यू गरी सात सदस्सिय टोलि रहेको थियो ।FB_IMG_1683690178771.jpg

    उक्त संयुक्त टोलीद्वारा मुख्यत NEHEP परियोजनाको Fourth Implementation Review and Support Mission का लागि भ्रमण गर्नु भएको हो । संयुक्त स्थलगत भ्रमणका क्रममा भ्रमणको पहिलो दिन मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय कुइनेपानी, सुर्खेत स्थित सेमिनार हलमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देव राज अधिकारीज्यूको प्रमुख आतिथ्यता र उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहज्यूको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहज्यूले समग्र विश्वविद्यालयको भिजन र मिसनका साथै पछिल्लो समय विश्वविद्यालयले गरेका प्रगतीका कार्यहरु प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अथिति विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देव राज अधिकारीज्यूले विश्वविद्यालयले गरेका कार्यहरुको प्रशंसा गर्दै विश्वविद्यालयलाई आवश्यक पर्ने सहयोग गर्न तयार रहेको बताउनु भएको थियो ।FB_IMG_1683690153966.jpg

    अन्तरक्रिया कार्यक्रममा वर्ल्ड बैंक NEHEP परियोजनाका टिम लिडर मोहन अर्यालज्यूले भ्रमणको उदेश्य र परियोजना बारे प्रस्तुतीकरण दिनु भएको थियो । त्यसै गरी मध्यपश्चिम विश्वविद्यालय योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक प्रा. डा. चन्द्र प्रसाद रिजालज्यूले विश्वविद्यालयको डिजिटल नीति तथा प्रगतीका बारे प्रस्तुती दिनु भएको थियो । प्रस्तुतीकै क्रममा डा. सुशील कुमार शाहीज्यू ले ‘Quality Assurance and Accreditation (QAA) Progress’ का सम्बन्धमा, पाठ्यक्रम निर्देशनालयका कार्यकारी निर्देशक सह-प्रा. वीरबहादुर पौडेलज्यूले ‘पाठ्यक्रम पुनर्संरचना’ बारे, परिक्षा व्यवस्थापन कार्यालय प्रमुख उप-प्रा नरेन्द्र प्रकाश साउदज्यूले ‘MU Academic Calendar लागु’ सम्बन्धमा र मध्यपश्चिम विश्वविद्यालय तालिम इकाई (MUTU) का संयोजक उप-प्रा कल्पना पौडेलज्यूले ‘MUTU Training Policy’ का सम्बन्धमा प्रस्तुती राख्नु भएको थियो । त्यसै गरी एमयू Flying Squad का हस्त पुलामीज्यूले बोल्नु भएको थियो भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उप-सचिव जय प्रसाद आचार्यज्यूले मन्त्रालयको शिक्षा नीति तथा जानकारी प्रस्तुत गर्नु भएको थियो ।FB_IMG_1683690140325.jpg

    उक्त कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग (UGC), शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र वर्ल्ड बैंकको संयुक्त टोली, मध्यपचिम विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण ग्र्याजुएट स्कुलका डीनज्यूहरु, सम्पूर्ण पदाधिकारीज्यूहरु, प्राध्यापक तथा कर्मचारी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेलज्यूले गर्नु भएको थियो ।

    अन्तरक्रिया कार्यक्रम पश्चात, स्थलगत भ्रमण टोली तथा विश्वविद्यालयका पदाधिकारीज्यूहरुले मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय प्रसाशनिक भवन परिसर, मोलिक्युलर ल्याब, ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी, स्कुल अफ म्यानेजमेन्ट (मुसोम), ग्र्याजुएट स्कुल अफ एडुकेशन, ग्र्याजुएट स्कुल अफ इन्जिनियरिंग लगायत केन्द्रीय विभागहरुको स्थलगत भ्रमण गर्नु भएको थियो ।

    त्यसै गरी भ्रमणको दोस्रो दिन बैशाख २६ गते उक्त टोलीद्वारा ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्री (रामघाट) को भ्रमण गर्नु भएको थियो । उक्त भ्रमणमा ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्रीद्वारा गरिएका गतिबिधिहरुको अवलोकन गर्नुभएको थियो भने पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थी बीच अन्तरक्रिया सम्पन्न भएको थियो ।FB_IMG_1683690193777.jpg

    भ्रमण पश्चात ग्र्याजुएट स्कुल अफ एजुकेशनको सेमिनार हलमा समीक्षात्मक बैठक सम्पन्न भएको थियो । उक्त बैठकमा विभिन्न ग्र्याजुएट स्कूलका डीनज्यूहरुले आ-आफ्नो स्कुलहरुको प्रगती तथा जानकारीमुलक प्रस्तुती गर्नु भएको थियो। बैठकमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्षज्यूले विश्वविद्यालयको समग्र प्रगती र सकारात्मक प्रयासको प्रसंशा गर्नु भएको थियो भने अबको दिनमा अझै थप शैक्षिक गुणस्तर वृद्धिका सबैले एकजुट भएर लाग्नु पर्नेकुरा उल्लेख गर्नुभएको थियो। त्यसै गरी भ्रमण टोलीका अन्य सदस्यहरुले समेत आ-आफ्नो विचार व्यक्त गर्नु भएको थियो । बैठकको अन्तमा विश्वविद्यालयका उपकुलपतिज्यूले विश्वविद्यालयमा भएका विकृति र गलत क्रियाकलापहरुमा प्राध्यापक, कर्मचारी र विद्यार्थी जो-कोहिपनि नलाग्न र नियम-संगत तवरले विश्वविद्यालयको उन्नतिको कार्यमा एकजुट भएर लाग्न आग्रह गर्नु भएको थियो ।FB_IMG_1683690199487.jpg

    समीक्षात्मक बैठक पश्चात संयुक्त टोलीद्वारा मध्यपश्चिम विश्वविद्यालय विश्वव्यापी भाषा तथा व्यवसायिक सिप विकास केन्द्र (MU-CCLPSD) को भ्रमण तथा अवलोकन गर्नु भएको थियो । यो संगै विश्वविद्यालय अनुदान आयोग, वर्ल्ड बैंक र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा मध्यपश्चिम विश्वविद्यालयमा गरिएको दुई दिने संयुक्त भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।

    मध्यपश्चिम बिश्वबिद्धालयले आफ्नो आधिकारिक फेसबूक पेज बाट ।

    images
    बुधवार, बैशाख २७ २०८००९:३५:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार