Aug 13 2026 | २०८३, श्रावण २८ गते

गोल्डेनगेट बास्केटबल प्रतियोगिताको उपाधी मनास्लुलाई।

गोल्डेनगेट बास्केटबल प्रतियोगिताको उपाधी मनास्लुलाई।

  • 603
    SHARES

  • गोल्डेनगेट बास्केटबल प्रतियोगिताको उपाधी मनास्लुलाई।

    असार, २२ गते काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेज एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि मनास्लु वर्ल्ड कलेजले जितेको छ।

    बत्तीसपुतलीस्थित आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा मनास्लुले ग्रान्डीलाई २०–१७ ले पराजित गरेको हो।FB_IMG_1688910672558.jpg

    त्यसैगरी गर्ल्सतर्फ भने आईएसले आयोजकको बोर्न टु हुपलाई १६–७ ले हरायो ।

    विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव एवं गोल्डेनगेटका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार सिलवाल र गोल्डेनगेटका प्रिन्सिपल रोहितबहादुर पौडेलले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा ब्वाइज र गर्ल्स दुवैमा पहिलो हुनेले २० हजार तथा दोश्रो हुनेले १० हजार नगद पुरस्कार प्राप्त गरे ।

    ब्वाइजमा मनास्लुका कोशिस भुजेल तथा गर्ल्स आईएसएकी सन्ध्या डंगोल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले ५-५ हजार नगद पुरस्कार पाए ।

    तीनदिने प्रतियोगिताको ब्वाइजमा २२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । राउन्ड रोविन लिगका आधारमा भएको गर्ल्सको प्रतिस्पर्धामा ४ टिम सहभागी थिए ।

    images
    आइतवार, आषाढ २४ २०८००७:३५:५९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार