बिहिवार, श्रावण १८ २०८०
साउन, १८ सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले उपप्राध्यापक, प्रशिक्षक तथा प्रशासनिक पदहरुमा करार सेवामा पदपूर्ति गर्नका लागि आवेदन माग गरेको छ। बिश्वबिद्धालयले ग्य्राजुएट स्कुल अफ एग्रीकल्चर एण्ड फरेष्ट्री र ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङका लागि आवेदन माग गरेको हो।
उक्त सुचना अनुसार उपप्राध्यापक पदका लागि ६ जना, प्रशिक्षक १ जना, मुख्य सहायक प्रशासन १ , लेखा १ जना, ल्याब १ जना र मुख्य सहायक र सहायक गरी लाइब्रेरीमा २ जनाका लागि आवेदन माग गरेको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना निस्केको ३५ दिन भित्र बिश्वबिद्धालय डिन कार्यलय वा डिन कार्यलयको आधिकारिक इमेल मार्फत रीतपूर्वक दरखास्त फाराम भरी बुझाउनुपर्ने छ ।
