शनिवार, श्रावण २० २०८०
साउन, २० काठमाडौ । एडमार्क एकेडमीले कक्षा ११ का विद्यार्थीहरुलाइ अभिमुखिकरण तथा मोटिभेशन कार्यक्रम सम्पन्न गरेको छ। शनिवार स्वयम्भुको स्टार ब्याङ्क्युटमा एक भब्य कार्यक्रम बिच उक्त कार्यक्रम सम्पन्न गरेको हो।

अभिमुखिकरण कार्यक्रम एकेडेमिका प्रिन्सिपल शिवप्रसाद अधिकारिको सभापतित्वमा सम्पन्न भयो भने कार्यक्रममा मोटिभेसनल स्पिकर इश्वर श्रेष्ठ प्रमुख अतिथिको रुपमा रहनुभयो। बिशेष अतिथिको रुपमा एकेडेमीका भाइस प्रिन्सिपल प्रकाश लम्साल, बोर्ड अफ डाइरेक्टर माधव प्रसाद उप्रेती, दिपक अधिकारी लगाएत शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो।

अभिमुखिकरण कार्यक्रममा एडमार्क एकेडेमीका प्रिन्सिपल शिवप्रसाद अधिकारिले आफ्नो लक्ष र उदेश्य पुरा गर्न जिम्मेवारीपुर्वक अध्ययनलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यार्थीहरुले कठिन मिहेनत गरेर मात्रै सार्थकता प्राप्त गर्न सकिने भन्दै त्यसो भए मात्रै अभिभावकहरुको सपना पूरा हुने बताउनुभयो।

प्रिन्सिपल अधिकारिले विद्यार्थीहरुले पठनपाठन गर्नुपर्ने बिषय, भविष्यको योजना र अनुशाशनको बारे विद्यार्थीहरुलाई जानकारी गराउनुभयो। उहाँले अनुशासन पालना नगरे विद्यार्थीहरु आफ्नो लक्ष भेटाउन नसक्ने भन्दै त्यसको लागि कलेजले हरदम प्रयासरत रहने समेत बताउनुभयो।
कार्यक्रममा प्रमुख अतिथी तथा मोटिभेस्नल स्पिकर ईश्वर श्रेष्ठले विद्यार्थीहरु सक्रिय सिकाइमा भाग लिनुपर्ने बताउनुभयो। उहाँले सक्रिय विद्यार्थी कहिले पछाडी बस्न नहुने बरु अगाडि बस्न तयार हुने र नजानेको बिषयमा प्रश्नहरु उठाउन सक्ने हुनुपर्ने बताउनुभयो।

त्यसैगरी एसईई प्रारम्भिक खुट्किलो भएकोले आगामी दुई बर्ष विद्यार्थीहरुले आफ्नो नराम्रो आनिबानिहरु त्याग्नुपर्ने भन्दै बरु विद्यार्थीहरुले हरेक दिन आफ्नो समीक्षा गर्दै डायरि लेख्न सक्नुपर्ने बताउनुभयो।
उहाँले २१ औं सदिका अवको विद्यार्थी क्रियटर बन्नुपर्छ। त्यसो हुदा आफुलाइ चिनाउन कसैको सहयोग नचाहिने बरु समाजले आफै चिनाउने कुरामा जोड दिनुभयो।
आजको समाजमा सुसाइड (आत्मह'त्या) बढेको प्रती इन्ङ्कित गर्दै विद्यार्थीहरुले जिवनको महत्व बारे सिक्न नसकेर यस्तो भएको बताउनुभयो। उहाँले सफलता प्राप्त गर्न सोच बदल्नुपर्ने र आत्मबिश्वासि बन्नुपर्ने कुरामा जोड दिनुभयो। प्रमुख अतिथि श्रेष्ठले विद्यार्थीहरुलाई मोटिभेसन संगै मेरिटेसन समेत गर्नुभयो।

एडमार्क एकेडेमी कलेजले कक्षा ११ को पठनपाठन साउन २२ गते सोमवार देखि संचालन गर्ने भएको छ। उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य तथा सांगितिक कार्यक्रमहरु पस्केका थिए।





