शुक्रवार, श्रावण २६ २०८०
साउन, २६ काठमाडौ । बिगत कामो समय देखि राख्दै आएको माग पूरा नभएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । महासंघले आज एक पत्रकार सम्मेलन गर्दै हालै बाहिर आएको विद्यालय शिक्षा ऐन २०८०मा प्रबन्ध गरेका केही दफाहरु संविधान प्रदत्त ट्रेड युनियन अधिकार, पेसागत सुरक्षा र स्वभिमान खिलाफमा रहेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
महासंघले घोषणा गरेको पहिलो चरण अन्तर्गत २८ गते पालिकाहरुमा शिक्षक कर्मचारी उपस्थित भई ३ घण्टा धर्ना दिने, ३० गते जिल्लाको शिक्षा विकास तथा समन्यमा एकाइमा धर्ना दिने,३२ गते प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना दिने, भदौं १ गते संसद सदस्यलाई जानकारी तथा पक्षीकरण गर्ने घोषणा गरेको छ ।
त्यसैगरी दोस्रो चरणमा संघीय शिक्षा ऐन संसदमा दर्ता भएको पाचौं दिनबाट देशभरका शिक्षक कर्मचारी उपस्थित भई काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल शिक्षक महासंघकी अध्यक्ष कमाला तुलाधरले सरकारले शिक्षकहरुका माग पुरा नगरेसम्म आन्दोलन नरोकिने र परी आए विद्यालय बन्द गरेर सडकमा उत्रने चेतावनी दिएकी छन् ।
