बिहिवार, आश्विन ११ २०८०
असोज, ११ काठमाडौ । गीताञ्जली स्कुल/ कलेजले रक्तदान कार्यक्रम संचालन गरेको छ। काठमाडौको नयाँबजार स्थित उक्त कलेजले आफ्नो ३७ औं स्थापनां दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको हो।

गीताञ्जली स्कुल/कलेजले हरेक बर्ष असोज १२ गते आफ्नो स्थापना दिवस मनाउदै आएको छ। २०४३ साल असोज १२ गते स्कुल संचालनको लागि अनुमति पाएको अवसरमा आफ्नो स्थापना दिवस मनाउने गरेको प्रिन्सिपल बेद प्रसाद पन्तले बताउनुभयो। त्यसै अवसरमा गत मंगलबार सरसफाइ कार्यक्रम समेत राखेको थियो।

२०४३ साल असोज १२ गते राधा प्रधान र रबि प्रधानले शुरु गरेको गीताञ्जली स्कुल ३७ औं बर्ष पुग्दा करिब १ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन।
कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावक लगाएत ५३ जनाले रक्तदान गरेको स्कुलका प्रिन्सिपल पन्तले बताउनुभयो। अर्काको जीवन बचाउनको लागि गरिने रक्तदान आफैमा महान काम हो। रगतको मूल्य अमुल्य छ। त्यसैले अग्र भागमा लागेर जीवन बचाउन लागेका छौ भन्दै प्रिन्सिपल पन्तले सामाजिक दायित्व अन्तर्गत अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउनुभयो।

यस्तो कार्यक्रमले संस्थाको सामाजिक दायित्व र समाजसंग हुने अन्तर्घुलनको काम गर्ने भएकोले निजि कलेजले समेत समाजमा अग्रगामी कार्यहरू गर्नसक्छन भन्नेकुरा पुष्टि हुने बताउनुभयो। त्यस्तै उहाँले समाजप्रति उत्तरदायी नागरिकहरुको उत्पादन गर्न आफ्नो स्कुल/कलेजले अथक प्रयास गरिरहेको बताउनुभयो।

औपचारिक कार्यक्रम स्कुल/कलेजका अर्थ बिभाग प्रमुख भिम प्रसाद भट्टराईले संचालन गर्नुभयो भने कलेजका अध्यक्ष गोबिन्द प्रसाद आचार्य, कोर्डिनेटर बासुदेव अधिकारी, स्कुल/कलेजका शिक्षक, विभिन्न सामाजिक ब्याक्तित्व लगाएत शिक्षक, कर्मचारी र विद्यार्थीहरुको उपस्थिति रहेको थियो।




