सोमवार, कार्तिक १३ २०८०
कार्तिक, १३ गते काठमाडौ । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह अध्यापन अनुमति पत्रको बागमती प्रदेश अन्तर्गत काठमाडौं जिल्लाको परीक्षा केन्द्र परिवर्तन गरेको छ ।
आयोगले कार्तिक दुई गते प्रकाशित गरेको सूचना अनुसार कार्तिक १८ गते दिउँसो एक बजे सञ्चालन हुने परीक्षाको केन्द्र परिवर्तन् गरेको हो ।
लोकसेवा आयोगबाट सञ्चालन हुने परीक्षा केन्द्रसँग जुध्न गएकोले परीक्षा समन्वय समिति काठमाडौको सिफारीस र आयोगको हिजोको निर्णयानुसार परीक्षा केन्द्र संशोधन गरेको उल्लेख गरिएको छ।
