Aug 13 2026 | २०८३, श्रावण २८ गते

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षाको नतिजा चित्त नबुझे पुनर्योगको लागि निवेदन दिन सकिने।

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षाको नतिजा चित्त नबुझे पुनर्योगको लागि निवेदन दिन सकिने।

  • 684
    SHARES

  • चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षाको नतिजा चित्त नबुझे पुनर्योगको लागि निवेदन दिन सकिने।

    काठमाडौ । चिकित्सा शिक्षा आयोगको शैक्षिक सत्र २०८१/०८२ मा चिकित्सा शिक्ष स्नातक तह (MECEE-BL 2025) मा भर्नाका लागि प्रवेश परीक्षा दिएका विद्यार्थीहरुले प्रवेश परिक्षाको नतिजा चित्त नबुझेमा पुनर्योगका लागि निवेदन दिन सकिने भएको छ।

    शैक्षिक सत्र २०८१/०८२ मा चिकित्सा शिक्ष स्नातक तह (MECEE-BL 2025) मा भर्नाका लागि विद्यार्थी छनौट गर्न मिति २०८१ भदौ १ गतेदेखि ऐ ५ गतेसम्म सञ्चालन गरिएको एकीकृत प्रवेश परीक्षाको मिति २०८१ भदौ १३ देखि ऐ १९ गतेसम्म प्रकाशित नतिजामा चित्त नबुझे पुनर्योग (retotaling) का लागि निवेदन दिन सक्नेछन।

    पुनर्योगका गर्न चाहने उम्मेदवारहरूले हिमालयन वैङ्क लिमिटेडको चल्ती हिसाब नम्बर ०४३०८९३१६७००१७ (04308931670017) मा रु.१०००/- (एक हजार) दस्तुर बुझाएको भौचर वा अनलाइन माध्यमवाट रकम बुझाएको प्रमाण संलग्न राख्खी चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा तथा विद्यार्थी भर्नासम्वन्धी कार्यविधि (पहिलो संशोधन), २०७९ को अनुसूची-२ वमोजिमको ढाँचाको निवेदन संलग्न गरी मिति २०८१ भदौ २३ गते विहान १०:०० वजेदेखि २०८१ भदौ २७ गते अपरान्ह ५:०० बजेभित्र निवेदन पेश गरिसक्नुपर्ने सूचनामा उल्लेख छ।

    FB_IMG_1725672899638.jpg

    images
    शनिवार, भाद्र २२ २०८१०७:३४:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार