बिहिवार, माघ १७ २०८१
काठमाडौ। निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नागार्जुन नगरपालिकाले आयोजना गरेको BLE Quize Contest- 2081 (हाजिरीजवाफ प्रतियोगिता) सम्पन्न भएको छ। मंगलवार ठूलोभर्याङस्थित पिपल्स फ्रेन्डसिप एकेडेमिमा प्याब्सन नागार्जुन नगरपालिकाका अध्यक्ष बाशुदेव घिमिरेको सभापतित्व तथा काठमाडौ जिल्ला प्याब्सनका अध्यक्ष नवराज भट्टको प्रमुख अतिथ्यतामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो।

हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान स्वयम्भूस्थित द एक्सेल पब्लिक (The Excel Public) सेकेन्डरी स्कुल, द्वितीय स्थान रानिबनस्थित एनसिइबी (NCEB / हाल बाटिका) स्कुल र तृतीय स्थान रानिवनस्थित नागार्जुन भ्याली एकेडेमी हात पारेका छन। उनिहरुले क्रमश ७५/६०/५५ अंक ल्याएका छन। साथै फाइनल चरणमा पुगेका ६ वटा विद्यालय मध्य ज्योती एकेडेमीले चौथो स्थान, श्री नवीन ज्योति स्कुल पाँचौ स्थान र एनआईसी (निक) एकेडेमीले छैठौं हात पार्यो।



हाजिरीजवाफ प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्याब्सन काठमाडौ जिल्ला अध्यक्ष नवराज भट्टले नागार्जुन प्याब्सनले क्यालेन्डर अनुरुप विद्यार्थीहरुको क्षमता प्रस्फुटन गर्ने कार्यक्रमहरु गरिरहेकोमा धन्यवाद व्यक्त गर्नुभयो। विद्यार्थीहरुको क्षमता प्रस्फुटन गर्ने कार्यमा नागार्जुन प्याब्सन सधै अगाडि छ। 'अध्यक्ष भट्टले भन्नुभयो यस्तो कार्यहरुबाट विद्यार्थीहरुले ज्ञान हासिल गर्नुस् ।' अध्यक्ष भट्टले बिजेता तथा सहभागी विद्यालय र विद्यार्थीहरुलाई बधाई दिनुभयो।

उक्त कार्यक्रममा सभापति तथा प्याब्सन नागार्जुन अध्यक्ष बाशुदेव घिमिरेले सहभागी सबै विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो। साथै सहभागी विद्यार्थीहरुलाई हरेक बर्ष प्याब्सन नागार्जुनले गर्ने CCA तथा ECA कार्यक्रमहरु विद्यार्थीको सर्वाङ्गिण बिकास गर्ने उपयुक्त प्लेटफर्मको रुपमा बिकास भएको भन्दै आगामि दिनहरुमा हुने कार्यक्रमहरुको लागि समेत तयारी गर्न सुझाव दिनुभयो।

उक्त प्रतियोगितामा नगरपालिका भरीबाट २४ वटा स्कुल सहभागी रहेका थिए। प्रतियोगितामा सहभागी मध्य ६ वटा टिमले ट्रफी, मेडल तथा प्रमाणपत्र पाएका थिए भने बाँकी सहभागी टिमले प्रमाणपत्र पाएका थिए।

हाजिरीजवाफ प्रतियोगिता पुरस्कार वितरण समारोहमा प्याब्सन काठमाडौ जिल्लाका परीक्षा समिती संयोजक सुर्य केसि, गोबिन्द पङ्गिनि, Quize Master सुजन पाण्डे, आनन्दराज पौडेल लगाएत नागार्जुन प्याब्सनका पदाधिकारी, सदस्य विद्यालयका प्राचार्यहरु तथा शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो।



