Oct 02 2026 | २०८३, आश्विन १६ गते

बिसिए प्रवेश परीक्षाको फाराम भर्ने म्याद थप

बिसिए प्रवेश परीक्षाको फाराम भर्ने म्याद थप

  • 197
    SHARES

  • बिसिए प्रवेश परीक्षाको फाराम भर्ने म्याद थप

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायले स्नातक तहको Bachelor in Computer Application (BCA) कार्यक्रममा नयाँ विद्यार्थी भर्नाका लागि सञ्चालन हुने प्रवेश परीक्षाको अनलाइन फाराम भर्ने म्याद थप गरेको छ।

    सङ्कायको डीन कार्यालयले शैक्षिक वर्ष २०८३/०८४ (सन् २०२६) का लागि BCA प्रवेश परीक्षा फाराम भर्ने समयावधि थप गरिएको जनाएको हो।

    नयाँ व्यवस्था अनुसार परीक्षार्थीले २०८३ साल श्रावण २६ गते राति १२ बजेसम्म नियमित दस्तुरमा अनलाइन फाराम भर्न सक्नेछन्। उक्त समयपछि भने श्रावण २९ गते राति १२ बजेसम्म दोब्बर दस्तुरमा फाराम भर्न सकिनेछ।

    सम्बन्धित क्याम्पस तथा कलेजहरूले नियमित दस्तुरमा भरिएका परीक्षा फाराम श्रावण २७ गतेसम्म र दोब्बर दस्तुरमा भरिएका फाराम श्रावण ३० गतेभित्र अनिवार्य रूपमा अनुमोदन गरिसक्नुपर्ने सूचनामा उल्लेख छ। त्यस्तै, परीक्षार्थीहरूले श्रावण २७ गतेबाट प्रवेशपत्र प्रिन्ट गरी लिन सक्नेछन्।

    प्रवेश परीक्षासम्बन्धी अन्य विस्तृत व्यवस्था भने यसअघि प्रकाशित सूचनाअनुसार नै लागू हुने डीन कार्यालयले जनाएको छ।

    FB_IMG_1785941094704.jpg

    images
    बिहिवार, श्रावण २१ २०८३०७:२४:०१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार