आइतवार, फाल्गुण ८ २०७८
फागुन ८, काठमाडौ - शिक्षक सेवा आयोगले वागमती प्रदेश माध्यमिक (मावि)तथा निम्न माध्यमिक (निमावि) तहको परीक्षा केन्द्र सम्बन्धी सूचना प्रकाशित गरेको छ।
आयोगले मावि र निवाबी तहको परिक्षा मिति २०७८ चैत १५ र १७ गते दिनको दिनको ११ बजे मकवानपुरमा संचालन हुने भनिएकोमा परिक्षा समन्वय समिती हेटौंडा को फागु २ गतेको निर्णय अनुसार उक्त जिल्लामा संचालन हुने परिक्षा जिल्लाको भौतिक पुर्वाधार को कमि भएको ले अंग्रेजी र नेपाली बिषयको परीक्षा केन्द्र चितवनमा तोकिएको जनाएको छ।
आयोगले बाँकी बिषयको हकमा भने पुर्व सूचना अनुसार मकवानपुरमै हुने जनाएको छ।
