Oct 02 2026 | २०८३, आश्विन १६ गते

पानको तेस्रो शिखर सम्मेलन जनकपुरमा हुँदै, १ हजार २ सय प्रधानाध्यापक तथा शिक्षक सहभागी हुने

पानको तेस्रो शिखर सम्मेलन जनकपुरमा हुँदै, १ हजार २ सय प्रधानाध्यापक तथा शिक्षक सहभागी हुने

  • 341
    SHARES

  • पानको तेस्रो शिखर सम्मेलन जनकपुरमा हुँदै, १ हजार २ सय प्रधानाध्यापक तथा शिक्षक सहभागी हुने

    काठमाडौं । प्रधानाध्यापक संघ नेपाल (PAN) को तेस्रो राष्ट्रिय शिखर सम्मेलन–२०८३ आगामी मंसिर ४ देखि ६ गतेसम्म जनकपुरधाममा आयोजना हुने भएको छ।

    ‘Let’s Build Better Schools Together’ भन्ने मूल नारासहित आयोजना हुने सम्मेलनमा देशभरबाट करिब १ हजार २ सय प्रधानाध्यापक, शिक्षक, शिक्षाविद्, स्थानीय तहका जनप्रतिनिधि, नीति–निर्माता तथा शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ।

    सम्मेलनमा विद्यालय शिक्षा सुधार, विद्यालय नेतृत्व, गुणस्तरीय शिक्षा, नवप्रवर्तन, प्रविधि, शिक्षक विकासलगायत विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञसँग छलफल गरिनेछ। विषयगत ब्रेकआउट सेसन, विज्ञहरूको प्लेनरी सेसन, शिक्षा प्रदर्शनी, सांसदहरूसँग शिक्षा संवाद तथा खुला सत्रसमेत आयोजना हुनेछन्।

    सम्मेलनको अवसरमा नेपालको विद्यालय शिक्षा सुधारका लागि साझा प्रतिबद्धता र प्राथमिकता समेटिएको ‘जनकपुर घोषणापत्र’ जारी गरिने भएको छ। साथै PAN को आगामी रणनीतिक योजना (Strategic Plan) समेत सार्वजनिक गरिने आयोजकले जनाएको छ।

    सम्मेलनमा विभिन्न विधामा राष्ट्रिय शिक्षा पुरस्कार तथा सम्मानसमेत प्रदान गरिनेछ। ‘Best School of the Year’ अन्तर्गत आधारभूत र माध्यमिक तहका गरी सात प्रदेशबाट १४ विद्यालयलाई सम्मान गरिनेछ।

    त्यस्तै आधारभूत र माध्यमिक तहका उत्कृष्ट प्रधानाध्यापक, उत्कृष्ट गाउँपालिका, नगरपालिका तथा महानगरपालिका/उपमहानगरपालिका, शिक्षा पत्रकार र राष्ट्रिय शिक्षा पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ।

    सम्मेलनले प्रधानाध्यापक, शिक्षक, स्थानीय तह, नीति–निर्माता तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालाबीच अनुभव आदान–प्रदान र सहकार्यको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ। प्रधानाध्यापकहरुले विद्यालय शिक्षालाई थप प्रभावकारी र गुणस्तरीय बनाउने विषयमा साझा धारणा निर्माण गर्ने आयोजकको भनाइ छ।

    सम्मेलनमा सहभागी हुन इच्छुकले PAN को आधिकारिक वेबसाइट https://principalsassociation.org.np/ मार्फत अनलाइन दर्ता गर्न सक्नेछन्।

    images
    बिहिवार, आश्विन १५ २०८३०७:१७:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार