बुधवार, मंसिर ३ २०८३
नेशनल प्याब्सन (National PABSON) को वर्तमान अवस्था र बृहत् एकताका सन्दर्भमा आज मङ्सिर २ गते काठमाडौंमा दोस्रो चरणको महत्त्वपूर्ण छलफल अत्यन्तै सकारात्मक र परिणाममुखी रूपमा सम्पन्न भएको छ।
निजी विद्यालयहरूको हकहित र शैक्षिक उन्नयनका लागि संस्थागत एकतालाई मजबुत बनाउने उद्देश्यले भइरहेको यस ऐतिहासिक संवादमा दुवै पक्षका शीर्ष नेतृत्वहरूको सक्रिय सहभागिता रहेको छ ।
बैठकमा सुवास न्यौपाने समूहबाट अध्यक्ष सुवास न्यौपाने, वरिष्ठ उपाध्यक्ष शम्भु अधिकारी र उपाध्यक्ष विष्णु पराजुली र अध्यक्ष गीता राणा समूहबाट: अध्यक्ष गीता राणा, उपाध्यक्ष सूर्य बहादुर अधिकारी र महासचिव प्रताप थापाको उपस्थिति रहेको थियो।
बैठकमा विगतका तिक्तता बिर्सेर अब नेशनल प्याब्सनको एकता धुमधाम र उत्साहका साथ निष्कर्षमा पुगेको छ। यो एकताले सम्पूर्ण निजी क्षेत्रका विद्यालय र शिक्षाप्रेमीहरूमा नयाँ ऊर्जा थप्ने विश्वास लिइएको छ।