Aug 13 2026 | २०८३, श्रावण २८ गते

संसारकै धनी कसरी भए एलन मस्क ?(जीवनीसहित)

संसारकै धनी कसरी भए एलन मस्क ?(जीवनीसहित)

  • 2.7K
    SHARES

  • संसारकै धनी कसरी भए  एलन मस्क ?(जीवनीसहित)

    स्पेस एक्सका संस्थापक तथा  विद्युतीय कार कम्पनी  टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्क दुनियाँका सबैभन्दा धनि व्यक्ति बनेका छन् । उनको कुल सम्पत्ति १९१ बिलियन डलर पुगेको छ । अमेजनका संस्थापक जेफ बेजोसलाई उछिन्दै विश्वका सबैभन्दा धनि व्यक्ति बनेका हुन् । बेजोस २०१७ देखि धनि व्यक्तिको सुचीमा शिर्ष स्थानमा रहेका थिए । विश्व अर्थतन्त्रका लागि खराब मानिएको वर्ष सन् २०२० मा समेत सबैभन्दा धेरैले सम्पत्तिको मूल्य बढेका एलन मस्क नयाँ वर्ष २०२१ को ६ दिन नबित्दै संसारकै सर्वाधिक धनी व्यक्तिमा उक्लिए।

    मस्क टेस्ला बाहेक निजी स्पेस कम्पनी स्पेसएक्सका समेत मालिक हुन् । तर स्पेस एक्सको सेयर मुल्य त्यति घटबढ नहुने भए पनि टेस्लाको मुल्य करिब एक बर्षमा ७४३ प्रतिशतले बढेको देखिएको छ । २०२० मा टेस्लाको सेयर मुल्यमा १०६ बिलियनले बढेको थियो । गत नोभेमबरमा नै मस्क विल गेट्सलाई उछिन्दै विश्वको दोस्रो धनि व्यक्ति बनेका थिए ।

    563ba4fedd089590518b463a.jpg

    Elon musk electric car

    ब्लुमबर्ग बिलेनायर इन्डेक्सका अनुसार त्यसयता पछिल्लो चार दिनमा नै मस्कको सम्पत्तिमा झन्डै २१ अर्ब डलरले वृद्धि भएर अहिले २०९ अर्ब डलर पुगेको छ। फोर्ब्सले पनि पछिल्लो एक हप्तामै मस्क थप ३४ अर्ब डलरले धनी भएको उल्‍लेख गरेको छ।

    गत बिहीबार मस्कको कम्पनीको सेयर मूल्यमा ७.९ प्रतिशतको उछाल आउँदा उनले विश्वका धनाढ्यको सूचीको एक नम्बरमा फड्को मारेका उनको खुद सम्पत्तिमा त्यसअघि पनि २०२१ जनवरी ६ सम्ममा (२०२० जनवरी ६ को तुलनामा) झन्डै साढे पाँच सय (५४८) प्रतिशतले वृद्धि भएको थियो।

    यसले गर्दा नै सबैभन्दा धनीसम्मको यात्रा तय गरेका मस्क एक वर्षअघि विश्वका सर्वाधिक २० धनाढ्यको सूचीमा पनि कहिँ कतै थिएनन्। अघिल्लो वर्ष उनीसँग मात्र २९ अर्ब डलरको नेट वर्थ थियो । तर एक वर्षमा झन्डै १६० अर्ब डलरले नेट वर्थमा वृद्धि भएका मस्कले अहिले कयौं अर्बपतिहरुलाई पछाडि पारेका छन्। एकै वर्षमा सम्पत्‍तिमा यसरी नाटकीय वृद्धि भएका मस्कले तय गरेको संसारकै धनाढ्यसम्मको यात्रा कम रोचक छैन।

    मस्कको विद्युतीय कार कम्पनी टेस्लाको बजार मूल्य (मार्केट भ्यालु) मा यस वर्ष उल्लेख्य वृद्धि भएको छ। गत बुधबार यो पहिलोपटक ७०० अर्ब डलर मूल्यको कम्पनी बन्यो। यो मूल्य संसारका ठूला अटो कम्पनीहरु टोयोटा, फक्सवागन, ह्युन्डाई, जीएम र फोर्डको संयुक्त कुल मार्केट भ्यालुभन्दा पनि बढी हो।

    अमेरिकाका कयौं आर्थिक विश्लेषकहरुले लेखेका छन्- ‘अमेरिकामा सत्ता बदलिएपछि एलन मस्कको कम्पनीको भविष्य अझै सुनौलो हुन सक्छ।’ उनीहरु थप भन्छन् – ‘डेमोक्र्याट सत्तामा आएपछि विद्युतीय कार कम्पनी टेस्लाको काम अझै बढ्नेछ, किनकि जो बाइडेनको पार्टीले चुनावी अभियानका दौरान ‘ग्रीन एजेण्डा’ लाई बढावा दिने बाचा लगातार गरेका थिए।’

    जोखिम मोल्न र फरक किसिमको काम गर्न रुचाउने मस्कको कामको दायरा केवल ‘फ्युचर कार’ बनाउने कम्पनीमा सीमित छैन, उनको कम्पनी टेस्ला विद्युतीय कारमा लगाउने पुर्जा र ब्याट्री पनि बनाउँछ। र, ती ब्याट्री र पुर्जा टेस्लाले अन्य कार निर्माताहरुलाई बेच्छ। साथै, टेस्लाले घरमा लगाउने ‘सोलार इनर्जी सिस्टम’ बनाउँछ जसको माग बढ्दै गएको छ।

    मस्कले एक अन्तरिक्ष अन्वेषण कम्पनी ‘स्पेस-एक्स’ पनि चलाउँछन्। साथै, उनी अमेरिकामा ‘सुपर-फास्ट अन्डरग्राउन्ड टनेल ट्रान्सपोर्ट सिस्टम’ (हाइपरलुप) को खाका पनि तयार गरिरहेका छन्। यो ‘लुप ट्रेन’ परियोजना सुरुमा अमेरिकाको लस भेगासमा संचालन गर्ने गरी टनेल खनिसकेको बताइएको छ। मस्कको यो लुप ट्रेनले आधुनिक यातायातमा क्रान्ति ल्याउने समेत विश्वास गरिएको छ।

    अमेरिकी अर्बपतिका रूपमा चिनिएका एलन मस्क (४९) को जन्म दक्षिण अफ्रिकामा भएको हो। उनकी आमा क्यानेडियन र बाबु दक्षिण अफ्रिकी हुन्। उनी भन्छन्, ‘बच्चामा म ज्यादै शान्त बस्थेँ। यसले गर्दा मलाई धेरै दुःख पनि दिइयो।’

     

    1382c20b324a8fb4618d56add7ee2f97.jpg   

    Elon musk moon rocket

    दक्षिण अफ्रिकाको प्रेटोरियामा जन्मिएका इलोन मस्क हाल संसारकै सबैभन्दा धनी एवम् दुरद्रष्टा उद्यमी बन्न पुगेका छन् । उनको सानैदेखि उद्यमशीलताप्रति निकै चासो र लगाव थियो । यसको प्रेरणाको स्रोत उनका इन्जिनियर पिता नै थिए । आमाको हौसला र प्रेरणा उनको उद्यमशीलतामा हासिल गरिएको उपलब्धिका लागि अर्को अनुपम स्रोत थियो । उनका आमा बाबुले इलोनको उद्यमशीलताप्रतिको यो अभिरुचीमा गहिरो गरी ध्यान दिएर यसलाई प्रवद्र्धन गरिरहेका थिए । इलोनले १० वर्षको हुँदा कम्प्युटरमा उद्यम कार्यक्रम टाइप गर्न र सेट गर्न सिकिसकेका थिए । १२ वर्षको उमेरमा त उनले ‘ब्लास्टर’ नामक भिडियो गेम निर्माण गरेर (सन् १९८३ मा) ५०० डलरमा बेचिसकेका थिए ।

    सन १९८८ मा प्रेटोरियाबाट क्याम्पस शिक्षा सकिसकेपछि उनी त्यहींकै विश्वविद्यालयमा भर्ना भए । केही समयपछि उनी क्यानडाको क्विन्स विश्वविद्यालयमा गए । त्यसपछि उनी अमेरिकास्थित पेन्सलभेनियाको ह्वार्टन स्कूल अफ बिजनेसमा अध्ययनका लागि रवाना भए । उनी त्यहाँ एक आईटी (सूचना तथा प्रविधि) कम्पनीसँग सहकार्यमा जुटे । त्यहाँ उनीहरुले ‘जीप टु’ सफ्टवेयर प्रयोग गरेर पत्रपत्रिका तथा अनलाइन चलाउन थाले । यसले दिएको सेवा र सुविधालाई लिएर यसको निकै माग बढ्न थाल्यो । यसको मूल्य ३४० मिलियन आँकलन गरिएको थियो । यो सर्वाधिक सेवाप्रदायी सफ्टवेयर बनिसकेको थियो । उनीहरुले एक्स डटकम सञ्चालनमा ल्याएका थिए ।

    मस्कको व्यवसायिक सुरुआत खासमा २७ वर्षको उमेर (सन् १९९९) मा सुरु भयो जब उनी र उनका भाइ किम्बलले आफ्नो सफ्टवेयर कम्‍पनी ‘जिप-२’ का लागि एक सफल डिल फेला पारे। त्यसबाट प्राप्त पैसालाई मस्कले एउटा नयाँ कम्पनी स्थापना गरे जसको नाम थियो- एक्स डट कम। पैसा ट्रान्सफर गर्ने व्यवस्थामा यसले क्रान्ति ल्याउने उक्त कम्पनीको दाबी थियो।

    मस्कको सोही कम्पनी आज ‘पे-पल’ को नामले चिनिन्छ, जसलाई उनले स्थापना गरेको तीन वर्ष पूरा नहुँदै सन् २००२ मा ‘इ-बे’ ले खरिद गरेको थियो। त्यसवापत मस्कले १६.५ करोड अमेरिकी डलर पाएका थिए। यो उनको करिअरको ठूलो उपलब्धी थियो।

    त्यसपछि मस्कले अन्तरिक्ष अन्वेषणको प्रविधिमा काम गर्न सुरु गरे। उनको उक्त प्रोगामलाई ‘स्पेस-एक्स’ को नाम दिइयो, जसले ‘मान्छे आगामी दिनमा अन्य ग्रहमा पनि बस्न सक्छन्’ भन्यो। सन् २००४ मा मस्कले विद्युतीय कार कम्पनी टेस्ला स्थापना गरे र भने – ‘भविष्यमा सबैथोक विद्युतीय हुनेछ, अन्तरिक्षमा जाने रकेट पनि। र, टेस्लाले यो परिवर्तन ल्याउनेमा अहम् भूमिका निर्वाह गर्नेछ।’

    मस्कको बिजनेसप्रतिको ‘एटिट्युड’ अर्थात् व्यापार र आफ्नो कामका सवालमा अलग दृष्टिकोण नै उनको सफलताको राज भएको बीबीसीका संवाददाता जस्टिन रलेटले उल्लेख गरेका छन्।

    केही वर्षपहिले रलेटले गरेको साक्षात्कारमा मस्कले भनेका थिए, ‘मलाई थाहा छैन मसँग कतिको सम्पत्ति छ। यो नोटको बिटो भएजस्तो होइन। टेस्ला, स्पेस एक्स र सोलार सिटीमा मेरो हिस्सेदारी र बजारमा त्यसको केही मूल्य छ। तर मलाई यो सबले कुनै फरक पर्दैन, किनकि मेरो काम गर्नुको लक्ष्य यो होइन।’

    रलेट लेख्छन्, ‘मस्कको यो दृष्टिकोणले सायद काम गरिरहेको छ। उनीसँग आज जति सम्पत्ति छ, त्यसबाट उनले चाहने हो भने संसारका कतिपय ठूला कार निर्माता कम्पनी एकसाथ खरिद गर्न सक्छन्। यो साल उनी ५० वर्ष हुनेछन्, तर एक ‘धनाढ्य व्यक्ति’ का रूपमा संसारबाट बिदा हुने सपना उनको बिल्कुलै छैन।’

    मस्क भन्छन् कि, उनी मंगल ग्रहमा एउटा ‘बेस’ (बस्ती) बनाउनमा आफ्नो पुँजीको सबैभन्दा ठूलो हिस्सा खर्चिन चाहन्छन् र उनले यस मिशनलाई सफल बनाउन आफ्नो सारा सम्पत्ति लगाए भने यसमा उनी स्वयंलाई कुनै आश्चर्य हुनेछैन। मंगल ग्रहमा एक मानव बस्ती, मस्कको नजरमा असाध्यै ठूलो सफलता हुनेछ।

    उनी मान्छन्, यसले भविष्य राम्रो हुनेछ। स्पेस-एक्सको स्थापनालाई लिएर पनि बीबीसीसँग मस्कले भनेका थिए, ‘मैले कम्पनी यसकारण बनाएँ किनकि म यो कुराबाट असन्तुष्ट थिएँ कि अमेरिकी स्पेस एजेन्सी अन्तरिक्ष अन्वेषणलाई लिएर किन थप महत्त्वाकांक्षी छैन, यसले किन अझ अगाडिको बारे सोच्न सकिरहेको छैन। म आशा गर्छु कि भविष्यमा चन्द्रमा र मंगल ग्रहमा हाम्रो बसोबास होस् र त्यहाँका लागि यहाँबाट लगातार उडान चलोस्।’

    मस्क चाहन्छन् कि मान्छेले उनलाई एक लगानीकर्ताका रूपमा भन्दा पनि एउटा इन्जिनियरका रूपमा चिनुन्। रलेटसँगको साक्षात्कारमा उनले भनेका थिए, ‘म हरेक बिहान कुनै नयाँ प्राविधिक समस्याको हल खोज्नका लागि ब्युँझिन चाहन्छु। बैंकमा कति पैसा छ, यसलाई म सफलताको मापक मान्दिन।’

    रलेट लेख्छन्, ‘मस्क कार उद्योगमा क्रान्तिकारी परिवर्तन ल्याउन चाहन्छन्, उनी मंगल ग्रहमा कोलनी बनाउन चाहन्छन्। भ्याकुम टनेलमा चल्ने सुपर-फास्ट ट्रेन ल्याउन चाहन्छन्। मान्छेको दिमागसँग एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स जोड्न चाहन्छन्। यो सबै कुरामा एउटा समानता छ – उनले यस्तो भविष्यको कल्पना गरेका छन् जुन सन् १९८० को दशकको सुरुआततिर पाइने बच्चाको पत्रिकाहरुमा पाइन्थ्यो। र यो कुरा लुकेको छैन कि मस्कको बाल्यकाल दक्षिण अफ्रिकामा असाध्यै धेरै पत्रिका, किताबहरु पढेर र फिल्म हेरेर बितेको थियो।’

    मस्क परिवर्तको धिमा गतिमा विश्वास राख्दैनन्। उनी चाँडोभन्दा चाँडो ‘फोसिल फ्युल’ लाई पछाडि छोड्न चाहन्छन्। साथै, मानव अस्तित्वलाई लामो समयसम्म कायम राख्नका लागि उनी मंगल ग्रहमा उपनिवेश विकासको पक्षमा छन्।

    एलन मस्क आफू जोखिम उठाउने व्यक्ति हुन् र उनले यो पटकपटक साबित गरेका छन्। २००८ मा जब संसारले आर्थिक मन्दीको सामना गर्दा मस्कको हालत पनि असाध्यै खराब भएको थियो। त्यसपछि उनको कम्पनीले कयौं असफलताहरु देख्यो। एपेस-एक्सको पहिलो तीनवटै स्पेस लञ्च असफल भए। टेस्लामा पनि उत्पादनसँग जोडिएका कयौं समस्‍याहरु आइरह्यो र मस्क संकटमा फँसे।

    उनले भनेका थिए – एकपटक यस्तो समय पनि आयो जब उनलाई आफ्नो खर्चका लागि साथीहरुसँग पैसा सापटी लिन परेको थियो। तर के उनलाई कहिल्यै टाट पल्टिने डर भएन? यो प्रश्नको जवाफमा मस्कले रलेटसँग भनेका थिए, ‘धेरै भए के हुन्छ, मेरा बच्चाहरुले सरकारी स्कुल जानुपर्ला। यसमा कुन ठूलो कुरा भयो, म आफैं सरकारी स्कुलमा पढेको हुँ।’

    रलेट लेख्छन्, ‘हाम्रो भेटका क्रममा मैले पाएको थिएँ कि मस्क एक चिजबाट जरुर निराश थिए र त्यो थियो-आलोचनाहरु। उनको भनाइ थियो कि – आलोचनाहरु कुनै ठोस कुराका आधारमा मात्र हुनुपर्छ, तर मान्छेहरु टेस्ला कहिले डुब्छ भनेर पर्खिएरै बसेका छन्। यद्यपि, मस्कले भने कि उनी आलोचनाका कारण आफ्नो लक्ष्यमा कहिल्यै फेरबदल गर्ने छैनन्। मस्कका अनुसार, जब उनले स्पेस-एक्स र टेस्लाको जग हालेका थिए तब उनलाई स्वयम् विश्वास थिएन कि उनी यसबाट पैसा कमाउन सक्नेछन्।’

    एलन मस्कलाई नजिकबाट जान्नेहरु भन्छन् कि उनलाई काम गर्ने लत छ। टेस्ला मोडेल-३ लाई तयार गरिरहेको बेला उनले भनेका थिए कि उनी हप्तामा १२० घन्टा काम गर्छन् र त्यसमा उनलाई मजा आउँछ।’

    कोरोना महामारीको दौरान जब सान फ्रान्सिस्कोस्थित उनको फ्याक्ट्री बन्द गर्नुपर्यो, तब लकडाउनको प्रतिबन्धका विरुद्ध मस्क खुलेर बोले। उनले भने, ‘जसले महामरीको हौवा बनाइरहेको छ ती बेवकुफ हुन्।’ उनले घरमै बस्नु भन्ने आदेशलाई ‘जबरजस्ती’ भने, र भने ‘कोभिड लकडाउन संवैधानिक अधिकारको विरुद्ध छ।’

    महामारीको दौरान नै मस्कको घरमा छोराको जन्म भयो। उक्त अवसरमा उनले ट्विटमार्फत संसारलाई भने कि उनले छोराको नाम ‘एक्स एई ए-१२’ (X Æ A-12) राखेका छन्। केही मान्छे मान्छन् कि एलन मस्कको मनमा के छ भन्ने पढ्न सकिँदैन र उनको व्यवहारको पूर्वानुमान लगाउन कठिन छ। तर यसको उनको काममा थोरै पनि असर देखिँदैन । उद्यमीका रुपमा उनी एक दूरदर्शी व्यक्ति हुन्।सेप्टेम्बर २०२० मा उनले भनेका छन्, ‘चाँडै नै टेस्लाका सबै कार ‘सेल्फ ड्राइभिङ’ युक्त हुनेछ।’ एलन को अन्तिम लक्ष भने मंगल ग्रहमा बस्ति बसाउने बताउछन | एलन मक्स का प्रेरणादायी भनाइहरु यस्ता छन् 

    १. यदि कुनै कुरा निकै महत्वपूर्ण छ भने धेरैपटक असफलता हात लागे पनि त्यसको प्राप्तिका लागि निरन्तर लागि पर ।
    २. असफलताको विकल्प हुन्छ । कुनै पनि प्रयास असफल नै नहुने भए खोजअनुसन्धानमा कसरी पूर्णता आउने थियो र ?
    ३. म मंगल ग्रहमा पुगेर मर्न चाहन्छु ।

    images
    शुक्रवार, माघ २ २०७७०८:४७:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार