शनिवार, भाद्र १८ २०७९
भदौ, १८ काठमाडौ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको समय तालिका प्रकाशित गरेको छ। बोर्डको परिक्षा नियन्त्रण कार्यलयले ग्रेड वृद्धि (पुरक) परिक्षाको समय तालिका प्रकाशित गरेको हो।
गत जेठ महिना मा संचालित कक्षा १२ को परिक्षामा नियमित परिक्षार्थिका रुपमा (रजिस्ट्रेसन नम्बरको शुरुका दुई अंक ७८ भएका) परिक्षामा सहभागी भई सैद्धान्तिक तर्फ अन्य बिषयमा D वा सो मभन्दा माथिलो ग्रेड प्राप्त गरि बाँकी दुई बिषयमा NG ( Non Gread) प्राप्त गर्ने वा सैद्धान्तिक तर्फ अन्य बिषयमा D वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरि बढिमा दुई बिषयमा अनुपस्थित भएका परिक्षार्थीहरुले ग्रेड वृद्धि परिक्षामा सम्मिलित हुन पाउने छन।
ग्रेड वृद्धि परीक्षा असोज३० र ३१ गते बिहान ११ बजे देखि २ बजे सम्म हुने छ। ग्रेड वृद्धि परिक्षामा समावेस हुनकोलागी २०७९ असोज ७ गते भित्र र असोज२५ गते भित्र बिलम्ब शुल्कमा फारम भर्न सकिनेछ।

राष्ट्रिय परीक्षा बोर्डले भर्खर सार्वजनिक गरेको कक्षा १२ को नतिजा अनुसार १ लाख ८८ हजार ४१० जना विद्यार्थीले नन ग्रेड ल्याएका छन् । कुल परीक्षार्थी ३ लाख ६३ हजार ८ जना मध्ये ५२.०४ प्रतिशत विद्यार्थीले नन् ग्रेड ल्याएका हुन् ।
आज प्रकाशित नतिजा अनुसार जीपीए ३.६–४ं.० ल्याउने विद्यार्थी ४ हजार १७९ छन् भने ३.२–३.६ सम्म ल्याउन विद्यार्थी ३० हजार १६० जना रहेका छन् । त्यस्तै २.८–३.२ ल्याउने विद्यार्थी ६५ हजार २४८ जना, २.४–२.८ ल्याउने ६४ हजार ९३, २.०–२.४ ल्याउने विद्यार्थी १० हजार ९०० रहेका छन् ।
१.६–२.० ल्याउन ३५ जना रहेका छन् । त्यस्तै जीपीए १.२–१.६ ल्याउने विद्यार्थी संख्या शून्य छ ।बोर्डका अनुसार प्रत्येक विषयमा सैद्धान्तिकतर्फ ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी अर्थात नन ग्रेडिङ लेख्ने कार्यविधिले व्यवस्था गरेको छ । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।