Aug 14 2026 | २०८३, श्रावण २९ गते

पाठ्यसामग्री हुबहु नक्कल गर्ने अधिकारी र बगालेलाई तीन वर्ष प्रतिबन्ध ।

पाठ्यसामग्री हुबहु नक्कल गर्ने अधिकारी र बगालेलाई तीन वर्ष प्रतिबन्ध ।

  • 613
    SHARES

  • पाठ्यसामग्री हुबहु नक्कल गर्ने अधिकारी र बगालेलाई तीन वर्ष प्रतिबन्ध ।

    माघ, १० काठमाडौ । पाठ्यक्रम विकास केन्द्रले हुबहु नक्कल गर्ने ज्ञानबहादुर अधिकारी र  राममणी बगालेद्वारा लिखित कक्षा ६ र ७ को सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा विषयको पाठ्यसामग्री प्रकाशन गर्न प्रतिबन्ध लगाएको छ ।

    केन्द्रले अधिकारी र बगालेद्वारा लिखित उक्त पाठ्यपुस्तक हुबहु कपि गरेको पाएपछि  दुवै जनालाई शैक्षिक सत्र २०८० देखि तीन शैक्षिक सत्रसम्म सरकारी तथा निजी प्रकाशनवाट पाठ्यसामग्री लेखन तथा सम्पादन लगायत पाठ्यसामग्री प्रकाशनसंग सम्बन्धित कार्य गर्न प्रतिबन्ध लगाइएको हो।

    पाठ्यक्रम बिकास केन्द्रले जारी गरेको सुचनामा कारबाहीमा परेका व्यक्तिवाट लेखन तथा सम्पादन लगायत प्रकाशन सम्बन्धी कार्य गरेको, गराएको पाइएमा सम्बन्धित प्रकाशकसमेतलाई कानूनबमोजिम कारवाही हुने चेतावनी समेत दिएको छ ।

    ब्रिलियन्ट बुक्स एण्ड डिस्ट्रिव्युटर्स प्रालि काठमाडौबाट शैक्षिक सत्र २०८० मा लागु गर्न स्वीकृतिका लागि केन्द्रमा पेश गरेको सामग्री र केन्द्रबाट प्रकाशन भएको पाठ्यपुस्तकसंग कतिपय विषयवस्तु चित्र उदाहरण अभ्यास र क्रियाकलाप हुबहु सारेको भन्दै प्रकाशकले कारबाहीको माग गरेपछि प्रतिबन्ध लगाएको सूचनामा उल्लेख गरिएको छ ।

    कक्षा ५, ६ र ७ का सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयका पुस्तक लेखन तथा सम्पादन सम्बन्धी कार्य गर्न बगाले र अधिकारीसंग केन्द्रले तोकेको ऐन, नियम, विनियम, निर्देशिका एवंम निर्देशनको परिधि भित्र रही कार्य गर्न लिखित सम्झौता गरेको थियो ।

    केन्द्रले विकास गरेको पाठ्यसामग्रीको प्रतिलिपि प्रयोग गरी केन्द्रलाई गुमराहमा पार्ने र प्रालिले आर्जन गरेको मान प्रतिष्ठालाई आँच पुर्याउने कार्य गरेको र लेखक तथा सम्पादक प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पाठ्यक्रम विकास केन्द्रसंग  सम्बद्ध रहेको रहेको भन्ने कुरा पूर्व जानकारी नगराइ बदनियतपूर्वक कार्य गरेकाले निजहरुलाई हरेसम्मको सजायको माग  गर्दै केन्द्रमा आवेदन दिएका थिए ।

    Screenshot_20230124-081333_Facebook.jpg

    images
    मंगलवार, माघ १० २०७९०५:५३:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार